Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

‘वीरगन्ज गोल्डकप’ लाई निरन्तरता दिन वीरगन्ज महानगरले सहयोग गर्छ : मेयर सिंह

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक २५,शनिबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२५कार्तिक । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले यस वर्ष सफलतापूर्वक सम्पन्न भएको वीरगन्ज गोल्डकप फुटबल प्रतियोगितालाई आगामी वर्षदेखि निरन्तरता दिन महानगर तयार रहने बताएका छन् ।

कात्तिक १८ गतेदेखि सुरु भइ शनिबार सकिएको प्रथम वीरगञ्ज गोल्डकप फुटबलको शनिबार आयोजित समापन समारोहलाई प्रमुख अतिथीका रुपमा सम्बोधन गर्दै मेयर सिंहले यस्तो बताएका हुन् । उनले भने,‘ प्रथम वीरगन्ज गोल्डकप फुटबलको आयोजनाले वीरगन्जमा धेरै वर्षपछि फेरि फुटबलप्रतिको उत्साह र उमंग फर्किएको छ । यस प्रतियोगितलाई आगामी वर्षदेखि निरन्तरता दिन आयोजकलाई जेजस्तो सहयोग चाहिन्छ त्यो सहयोग गर्न महानगर तयार रहन्छ ।

उनले वीरगञ्ज गोल्डकप फुटबललाई निरन्तरता दिन आयोजक क्लबलाई आग्रहपनि गरे । मेयर सिंहले पहिलोपटक आयोजित प्रथम वीरगन्ज गोल्डकप फुटबलमा नेपालमा नाम चलेका क्लबका साथै छिमेकी मुलुक भारतका टिमपनि सहभागी भएकाले यो प्रतियोगिता वीरगन्जकोका लागि गौरबकै विषय बनेको बताए।

आयोजक भेट्रान सिटी क्लबका अध्यक्ष सबिन बस्नेतको अध्यक्षतामा भएको समापन समारोहमा वीरगन्ज महानगरका उपमेयर इम्तियाज आलम ,सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादव, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी , नेपाली सेनाका कर्णेल डायमण्ड कार्की, पर्साका प्रहरी उपरक्षिक कोमल शाह ,नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान,केन्द्रिय सदस्य केसी लामिछाने, मधेस प्रदेश महासचिव श्याम बञ्जारा, जसपाका वीरगन्ज महानगर अध्यक्ष ईश्वरचन्द्र यादव , वीरगन्ज महानगरका वडाध्यक्षहरु बैजुलाल स्वर्णकार,प्रदीप चौरसिया, हिराकाजी महर्जन , रितेश गुप्ता , आशुतोष चर्तुवेदी,पर्सा फुटबल संघका अध्यक्ष अनिल कलवार , आयोजक क्लबका उपाध्यक्ष सागर राणा, महासचिव पंकज श्रेष्ठ लगायतकोपनि सहभागीता थियो ।

मधेस प्रदेशकै उच्च धनराशी भएको प्रथम वीरगन्ज गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई टाइबेकरमा २–० ले हराएर पुलिसले उपाधि जितेको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० कार्तिक २५,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० कार्तिक २५,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद