Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

हङकङविरुद्ध नेपाल विजयी

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र ५,मंगलवार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चार देश सम्मिलित महिला टी-२० आई सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ।

मलेसियाको वायुमास ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई छ विकेटले पराजित गरेको हो। जितका लागि ८५ रनको लक्ष्य पछ्याएको नेपालले १५ दशमलव पाँच ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो।

नेपालको जितमा सम्झना खड्काले अविजित ३६ रनको योगदान दिइन्। उनले पाँच चौका प्रहार गरिन्। त्यस्तै पूजा महतोले १६ रन जोडिन् भने कप्तान रुबिना क्षेत्रीले १०, इन्दु बर्माले नौ तथा सीता रानामगरले तीन रन जोडिन्।

हङकङका लागि बलिङतर्फ हङकङकी इक्रा सहर, मारिको हिल, मर्याम बिबी र क्यारी चानले समान एक-एक विकेट लिए।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ८४ रन बनाएको थियो। हङकङका लागि कप्तान क्यारी चानले सर्वाधिक ३४ रनको योगदान दिइन् भने डोरोथिया चानले १६ रन बनाइन्।

ओपनरद्वय यस्मिन दस्वानी र मारिको हिलले समान छ-छ रन बनाइन् भने मार्याम बिबीले नौ रन जोडिन्। त्यसैगरी ही यिङ चिउङले चार, सन्जिन सहजादले दुई तथा रुचिथा बेङ्कटेसले एक रन बनाइन्। मे वाई सू दुई रनमा अविजित रहिन्।

हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सीताराना मगर एक्लैले पाँच विकेट लिइन्। त्यसैगरी इन्दु बर्माले दुई विकेट लिँदा रुबिना क्षेत्री, कविता कुँवर र पूजा महतोले समान एक-एक विकेट लिए।

प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत छन्। यही अगस्ट ३१ तरिखदेखि ९ सेप्टेम्बरसम्म मलेसियामै हुने आइसिसी महिला टी-२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप चारदेशीय टी-२० सिरिज सञ्चालन भएको हो। नेपालले आफ्नो दोस्रो खेल भोलि कुवेतसँग खेल्ने छ। सभार : अन्नपूर्ण पोस्ट

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट
मुख्य समाचार

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट

प्रकाशित : २०८० भाद्र ५,मंगलवार
गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने
धर्म

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने

प्रकाशित : २०८० भाद्र ५,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद