Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

दोस्रो पटक आयोजित ‘वीरगञ्ज कोरा’ सम्पन्न ।

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण २७,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । धार्मिक तथा पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने अभिप्रायका साथ वीरगञ्जमा दोस्रो पटक आयोजित ‘वीरगञ्ज कोरा’ सम्पन्न भएको छ । वीरगञ्जका पर्यटकीय तथा धार्मिक स्थलहरूलाई अझै नजिकसँग बुझ्नुका साथै प्रवर्द्धन तथा प्रचार गर्ने उद्देश्यले आयोजित वीरगञ्ज कोरा सम्पन्न भएको आयोजक संस्था वीरगञ्ज साइक्लिङ क्लबका अध्यक्ष सञ्जय अग्रवालले बताए । उनले भने, ‘२०२२ मा पहिलो पटक वीरगञ्जमा हामीले कोराको आयोजना गरेका थियौँ । यस पटक यसको दोस्रो संस्करणका रूपमा वीरगञ्ज कोरा सम्पन्न भएको छ ।’

अन्तर्राष्ट्रिय युवा दिवसकै अवसरमा आयोजित वीरगञ्ज कोरामा एक सयभन्दा बढीले सहभागिता जनाएका थिए । यहाँको सबैभन्दा पवित्र धार्मिक स्थलका रूपमा परिचित गहवामाई मन्दिर अगाडिको माइस्थान चोकबाट सुरु भएको कोराको परिक्रमा वीरगञ्जका विभिन्न स्थाल घुम्दै पुनः माइस्थान चोकमै आएर टुङ्गिएको हो ।

‘माइस्थानबाट सुरु भएको कोरा पावर हाउस चोक, चिनिमिल आवास क्षेत्रमा रहेको पशुपतिनाथ मन्दिर, बाइपास सडक खण्ड, प्रतिमा चोक, बसपार्क, वैष्णो देवी मन्दिर, शङ्कराचार्य द्वार, बिर्ता मन्दिर, होटेल मकालु र गीता मन्दिर हुँदै पुनः माइस्थान चोकमा आएर १५ किलोमिटर लामो यात्रा गर्दै अन्त्य भएको अग्रवालले बताए ।

वीरगञ्ज साइक्लिङ क्लबका सचिव अनुप अग्रवालका अनुसार वीरगञ्ज कोरामा वीरगञ्जबासीको उत्साहजनक उपस्थिती थियो । यसले कोराको उद्देश्य पूरा भएको दाबी गर्दै अग्रवालाले आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिने बताए ।

वीरगञ्ज सहर ट्राफिक समस्या र धुलो धुवाँसँग जुधिरहेको अवस्थामा कोराले वातावरणमैत्री साइकल अभियानलाई प्रवर्द्धन पनि गर्न खोजेको उनको भनाई छ । ‘त्यस्तै हामीले साइक्लिङलाई बढावा दिन अनि खोजेका छौँ । सामान्य कामको लागि समेत मोटरसाइकल र गाडी भन्दा साइकलको प्रयोग बढी होस् भन्ने हाम्रो चाहना हो,’ उनले भने ।

वीरगञ्ज कोराको उद्घाटन वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गरेका थिए । उनले पनि वातावरणमैत्री साइकलको प्रयोग गर्नुपर्नेमा जोड दिँदै स्वास्थ्यका लागि पनि साइकल उपयोगी हुने धारणा राखे । साथै धार्मिक स्थलको प्रवद्र्धन गर्न महानगरले पनि काम गरीरहेको उनले जानकारी गराए ।

वीरगञ्ज महानगरपालिकाको संयुक्त आयोजनामा भएको वीरगञ्ज कोरा –२०२३ मा नेपाल युवा उद्यमी मञ्च, वीरगञ्ज, इम्प्रुभीङ् वीरगञ्ज, वीरगञ्ज युवा क्लब, हन्द्रेड्स ग्रुप, वुमन्स क्रिएसन र फोर जी आर समूह जस्ता संस्थाले पनि सहयोग गरेका थिए । कार्यक्रमको मिडिया पार्टनरको रूपमा यात्राडेली डटकम र एड्स बी मिडिया प्रालि रहेका थिए ।

२०११ मा पहिलो पटक काठमाडौँबाट सुरु भएको कोरा हाल देशका लगभगका सम्पूर्ण मुख्य सहरहरूमा आयोजना हुँदै आएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८० श्रावण २७,शनिबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० श्रावण २७,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद