Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

नारायणी रंगशाला निर्माणका लागि बजेट व्यवस्था गरिदिन खेलकुद मन्त्रीसँग मेयर सिंहको आग्रह

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण १३,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १३ साउन । लामो समयदेखि जीर्ण रहेको वीरगञ्जको नारायणी रंगशाला पुनःनिर्माणका लागि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पहल थाल्नु भएको छ । मेयर सिंहले शनिबार आफ्नै कार्यकक्षमा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई स्वागत गर्दै रंगशाला पुनःनिर्माण गर्न अतिआवश्यक रहेकाले बजेटको व्यवस्था मिलाइदिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो रंगशाला पुनःनिर्माणले यस क्षेत्रका युवा तथा खेलप्रेमीका लागि उत्साह थप्नुका साथै खेलकुद गतिविधिमा पनि बृद्धि हुने निश्चित छ, त्यसैले रंगशाला निर्माणका लागि यहाँको सहयोग चाहियो ।’

स्थानीय सरकार एक्लैले चाहेर मात्रै सम्भव नरहेकाले त्यसका लागि संघ सरकारको सहयोग आवश्यक रहेको मेयर सिंहले बताउनुभयो ।

मन्त्री लिम्बुले युवा तथा खेलकुदका लागि सरकारले लगानी गरिरहेको भन्दै वीरगञ्जमा रहेको नारायणी रंगशाला निर्माणमा आफ्नो चासो रहने बताउनुभयो । त्यसका लागि संघ, प्रदेश र स्थानीय तीन वटै सरकारको समन्वयमा काम गर्न आफू तयार रहेको पनि उहाँले बताउनुभयो ।

यो रंगशाला संघ सरकार मातहत रहेकाले संघले यसमा लगानी गर्न सँधै तयार रहेको भन्दै आवश्यक योजना बनाएर आउन पनि उहाँले आग्रह गर्नुभयो ।

मेयर सिंहले मन्त्री लिम्बुलाई वीरगञ्जवासीको तर्फबाट मायाको चिनो समेत प्रदान गर्नुभएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगन्ज–१५ घटनामा स्थानीयको फरक दाबी, निष्पक्ष अनुसन्धानको माग
मुख्य समाचार

वीरगन्ज–१५ घटनामा स्थानीयको फरक दाबी, निष्पक्ष अनुसन्धानको माग

प्रकाशित : २०८० श्रावण १३,शनिबार
२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८० श्रावण १३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद