Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

सर्वोच्चको आदेशमा इमरान खान रिहा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २८,बिहीबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

पाकिस्तानको सर्वोच्च अदालतले निवर्तमान प्रधानमन्त्री इमरान खानको पक्राउलाई गैरकानुनी भन्दै रिहाइ गर्न आदेश दिएको छ ।

पाकिस्तानी संचारमाध्यमहरूले जनाएअनुसार पाकिस्तानका प्रधानन्यायाधीश उमर अता बान्डिअलसहित तीन न्यायाधीशको इजलासले आज साँझ खानलाई पक्रिनु गैरकानुनी भएको भन्दै रिहाइ गर्न आदेश दिएको हो ।

यसअघि आजै दिउँसो उक्त इजलासले एक घन्टाभित्र खानलाई अदालतमा उपस्थित गराउन नेशनल एकाउन्टबिलिटी ब्युरोलाई आदेश दिएको थियो ।

खानलाई गैरकानुनी तरिकाले पक्राउ गरिएको भन्दै उनका वकिलले सर्वोच्चमा रिट दिएका थिए । पूर्वप्रधानमन्त्री खानलाई गत मंगलबार इस्लामावादस्थित उच्च अदालत बाहिरबाट प्रहरीले पक्राउ गरेको थियो ।

अब खान भोलि इस्लामावादस्थित उच्च अदालतमा उपस्थित हुनेछन् । त्यतिवेलासम्म उनी प्रहरी सुरक्षामा रहनेछन् । गत वर्ष प्रधानमन्त्रीबाट हटेपछि उनीविरूद्ध विभिन्न मुद्दाहरू लगाइएको थियो । उनीविरूद्ध भ्रष्टाचार, आतंकवाद, अदालतको मानहानी, दंगा गरेको आरोप छ ।

खान पक्राउ परेपछि पाकिस्तानका विभिन्न क्षेत्रमा हिंसात्मक प्रदर्शन भइरहेका छन् । हिंसात्मक प्रदर्शनका क्रममा भएका झडप तथा प्रहरीका गोली लागेर अहिलेसम्म ४२ जनाको मृत्यु भइसकेको छ । सयौँ घाइते भएका छन् ।

पाकिस्तानी सुरक्षाकर्मीले खान नेतृत्वको पार्टी पिटिआईका तीन हजारभन्दा बढी नेता–कार्यकर्तालाई गिरफ्तार गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० बैशाख २८,बिहीबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० बैशाख २८,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद