Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

बारामा चिनियाँ नागरिकसहित तीन जना विवाह प्रयोजनका क्रममा पक्राउ

by प्रणय साह
प्रकाशित : २०८२ मंसिर ११,बिहीबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

बारा । करैयामाई गाउँपालिका–१ हरैयामा एक चिनियाँ नागरिकले नेपाली नाबालिकासँग विवाह गर्न लागेको सूचनापछि प्रहरीले बुधबार मध्यराति बेहुला, बेहुली र बेहुलीका बाबुलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका चिनियाँ नागरिकसँग वैध पासपोर्ट तथा भिसा रहेका छन्। तर, उनले विवाह गर्न लागेकी युवती १८ वर्षकी मात्र भएकाले कानुनी प्रक्रिया विपरित विवाह गर्ने प्रयास भएको देखिएको प्रहरीले जनाएको छ। वर्तमान कानुन अनुसार विवाहको लागि पुरुष २२ वर्ष र महिला २० वर्ष पुग्नु अनिवार्य छ।

हरैया आसपासका मुस्लिम बस्तीमा पछिल्ला वर्षहरूमा चिनियाँ नागरिकसँग विवाह भइरहेका घटनाहरू दोहोरिन थालेपछि प्रहरीले निगरानी बढाएको थियो। स्थानीयहरूले पनि गत एक वर्षमै त्यसै क्षेत्रमा चिनियाँ नागरिकसँग तीन वटा विवाह भइसकेको जानकारी दिएका छन्।

वडाध्यक्ष सोनालाल साहले चिनियाँ नागरिक बालिकाको घरमै विवाह गर्ने उद्देश्यले आएका कुरा पुष्टि गर्दै, उमेर नपुगेको अवस्थामा विवाह रोक्न प्रहरीले समयमै हस्तक्षेप गरेको बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान
धर्म

विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान

प्रकाशित : २०८२ मंसिर ११,बिहीबार
परवानीपुरमा झिझिया नृत्यको रौनक, लोकसंस्कृति संरक्षणमा जुट्दै महिला
धर्म

परवानीपुरमा झिझिया नृत्यको रौनक, लोकसंस्कृति संरक्षणमा जुट्दै महिला

प्रकाशित : २०८२ मंसिर ११,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद