Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

साम्प्रदायिक भिडन्तमा पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर ९,आईतवार
A A
file photo

file photo

1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

पेशावर, मङ्सिर ९ गते । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा कम्तीमा ८२ जनाको मृत्यु हुनुका साथै १५६ जना घाइते भएका एक स्थानीय अधिकारीले आइतबार बताएका छन् ।

पाकिस्तान सुन्नी बहुल देश हो तर अफगानिस्तानको सीमा नजिकै रहेको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा शिया समुदायको बाहुल्यता छ र यो समुदाय दशकौँदेखि सुन्नी बहुसङ्ख्यक पाकिस्तानीको निशाना हुने गरेको छ ।

गत हप्ता प्रहरीको सुरक्षामा यात्रा गरिरहेका शिया मुसलमानका दुई छुट्टाछुट्टै समूहमाथि गत बिहीबार आक्रमण हुँदा कम्तीमा ४३ जनाको मृत्यु हुनुका साथै दुई दिनसम्म सशस्त्र झडप भएको थियो ।

“नोभेम्बर २१, २२ र २३ मा भएको झडप र प्रहरीका गाडीलाई लक्षित गरी गरिएका आक्रमणमा परी ८२ जनाको मृत्यु भएको छ भने १५६ जना घाइते भएका छन्,” स्थानीय प्रशासनका एक अधिकारीले नाम नबताउने सर्तमा भन्नुभयो । “मृत्यु हुनेमा १६ जना सुन्नी र ६६ जना शिया समुदायका व्यक्ति रहेका छन्,” उहाँले एएफपीसँग भन्नुभयो ।

शनिबार रातिसम्म पनि हल्का र गह्रौँ हतियारसहित गोली हानाहान जारी रहेपछि करिब ३०० परिवार घर छोडी भागेका थिए ।

स्थानीय प्रशासनका एक अधिकारीले भन्नुभयो, “कुर्रममा मोबाइल नेटवर्क बन्द गरिएको छ र मुख्य राजमार्गमा यातायात अवरुद्ध छ ।”

सन् २०१८ मा खैबर पख्तुनख्वामा गाभिएसम्म अर्धस्वायत्त सङ्घीय प्रशासित जनजातीय क्षेत्रको हिस्सा रहेको कुर्रममा प्रहरीले नियमित रूपमा हिंसा रोक्न सङ्घर्ष गर्दै आएको छ ।

प्रान्तीय सरकारको एक प्रतिनिधिमण्डलले शनिबार शिया समुदायसँग वार्ता गरेको थियो र आइतबारपछि सुन्नी समुदायलाई भेट्ने कार्यक्रम रहेको छ ।

प्रान्तीय राजधानी पेसावरका एक सुरक्षा अधिकारीले एएफपीलाई बताएअनुसार वार्ताकारको हेलिकोप्टर त्यस क्षेत्रमा आइपुग्दा आक्रमण भएको थियो ।

प्रान्तीय कानुन मन्त्री आफताब आलम अफ्रिदीले आइतबार भन्नुभयो, “आज हाम्रो प्राथमिकता दुवै पक्षबिच युद्धविरामको मध्यस्थता गर्नु हो । एक पटक यो हासिल भएपछि, हामी अन्तर्निहित मुद्दाहरू सम्बोधन गर्न सुरु गर्न सक्दछौँ ।”

गत महिना कुर्रममा भएको साम्प्रदायिक झडपमा तीन महिला र दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको थियो ।

यसअघि जुलाई र सेप्टेम्बरमा भएको झडपमा दर्जनौँ मानिसको मृत्यु भएको थियो र युद्धविरामको आह्वान गरिएको जिरगा वा आदिवासी परिषद्पछि मात्र टुङ्गिएको थियो ।

पाकिस्तानको मानव अधिकार आयोगका अनुसार जुलाईदेखि अक्टोबरसम्म साम्प्रदायिक झडपमा परी ७९ जनाको मृत्यु भएको छ ।

यसैबिच, पाकिस्तानको दोस्रो ठुलो सहर लाहोर र देशको व्यापारिक केन्द्र कराँचीमा शुक्रबार सयौँ मानिसले हिंसाको विरोधमा प्रदर्शन गरेका छन् । राससरएएफपी

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८१ मंसिर ९,आईतवार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८१ मंसिर ९,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद