Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

नेपाली युवतीको हत्या, भारतको बेंगलुरुमा फ्रीजमा भेटिए शरीरका ३० टुक्रा

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ आश्विन ६,आईतवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

भारतको बेंगलुरुमा एकजना नेपाली महिलाको विभत्स हत्या भएको छ ।

बेंगलुरुको मल्लेश्वरम क्षेत्रमा एकजना नेपाली महिलाको हत्यापछि शव ३० टुक्रा पारेर अवस्थामा फ्रीजभित्र भेटिएको छ।

हत्या गरिएकी २९ वर्षीय महालक्ष्मी दासको परिवार भने अन्तै बस्दै आएको थियो । शनिबार बेंगलुरुको व्यालिकभल क्षेत्रस्थित फ्ल्याटको फ्रीजमा महालक्ष्मीको शवका अनेक टुक्रा भेटिएका हुन् ।

द इकोनोमिक टाइम्सका अनुसार उक्त फ्ल्याटबाट दुर्गन्ध फैलिन थालेपछि घरधनीले शनिबार दिउँसो प्रहरीलाई खबर गरेका थिए । शनिबार दिउँसो ती महिलाका घरधनीले परिवारलाई पनि झिकाएका थिए ।

घरधनीको फोनपछि महालक्ष्मीकी आमा र बहिनी पुगे । उनीहरू पुग्दा महालक्ष्मीको फ्ल्याट अगाडिको ढोका बन्द थियो । ढोका फोडेर पस्दा १६५ लिटरको फ्रीजबाट दुर्गन्धसँगै किरा पनि निस्किएको भेटियो । जब उनीहरूले फ्रीज खोले, त्यहाँको दृश्य देखेपछि दुवैजना ढले ।

फ्रीजको दुर्गन्धले बस्न नसेकपछि घरधनीसहित बाहिर निस्किएका थिए । उनीहरूले तत्कालै प्रहरीलाई झिकाए । त्यसपछि प्रहरीले महिलाका शवका टुक्रा उठाएर पोस्टमार्टमका लागि अस्पताल पठायो ।

प्रहरीका अनुसार बेंगलुरुकै एकवटा सपिङ मलमा काम गर्दै आएकी थिइन् । त्यहाँस्थित व्यालिकभलको पाइपलाइन रोडस्थित भवनको पहिलो तलमा उनको कोठा थियो ।

पाँच महिनादेखि बस्दै आएकी महालक्ष्मीसँग दाजु पनि बस्थे । महालक्ष्मी डिभोर्सी हुन् । उनका पति छोराछोरीसँग भारतमै बस्छन् ।

प्रहरीका अनुसार उनको हत्या सेप्टेम्बर १२ मा भएको हो । पश्चिमाञ्चल डिभिजनका एसपी सतीश कुमारले सेप्टेम्बर १२ मा उनको हत्या भएको बताएका छन् ।

महालक्ष्मीको मोबाइल सेप्टेम्बर १२ देखि बन्द थियो । महालक्ष्मीको परिचितबाटै हत्या भएको आशंका प्रहरीले गरेको छ । घरका कुनै सामन नहराएकाले चोरीको उद्धेश्यबाट भन्दा परिचितबाटै उनको हत्या भएको एसपी सतीशकुमारले बताएका छन् ।

प्रत्यक्षदर्शी र छिमेकीले महालक्ष्मीलाई हरेक बिहान एकजना मानिसले लगेर बेलुका ल्याइदिने गरेको बताएका छन् । एकजना डेलिभरी ब्वाईले उनलाई प्रेम प्रस्ताव गरेको बताइए पनि पुष्टि भएको छैन । अर्को युवकसँग प्रेममा रहेकाले परिवारले पनि महालक्ष्मीलाई त्यागेको बताइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान
धर्म

विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान

प्रकाशित : २०८१ आश्विन ६,आईतवार
परवानीपुरमा झिझिया नृत्यको रौनक, लोकसंस्कृति संरक्षणमा जुट्दै महिला
धर्म

परवानीपुरमा झिझिया नृत्यको रौनक, लोकसंस्कृति संरक्षणमा जुट्दै महिला

प्रकाशित : २०८१ आश्विन ६,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद