Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

वर्षा र बाढीले अफगानिस्तानमा १४ जनाको ज्यान लियो

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ बैशाख २४,सोमबार
A A
file photo

file photo

0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काबुल, वैशाख २४ गते । अफगानिस्तानमा भारी वर्षापछिको बाढीले कम्तीमा १४ जनाको ज्यान लिनुका साथै व्यापक विनाश भएको विपद् व्यवस्थापन मामिला राज्य मन्त्रालयलाई उद्धृत गर्दै टोलो न्यूजले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता जनान साइकका अनुसार १४ प्रान्तमा वर्षाका कारण एक सय ४० आवासीय घरहरू क्षतिग्रस्त भएका छन् भने दुई हजारभन्दा बढी गाईवस्तुको मरेका छन् ।

टोलो न्यूजका अनुसार विगत तीन दिनमा वर्षाका कारण लगभग १४ जना नागरिकको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बाढीले आवासीय घरहरु पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।

यसैबिच, सार्वजनिक निर्माण मन्त्रालयका प्रवक्ता मोहम्मद अशरफ हक्कसेनसले अफगानिस्तानका बदख्सान, तखर, घोर र नुरिस्तान प्रान्तका केही सडकहरू भूस्खलन र बाढीका कारण अस्थायी रूपमा अवरुद्ध भएको बताउनु भएको छ । ।

“बाढी र भूस्खलनका कारण अस्थायी रूपमा बन्द गरिएका तखर, बदख्सान, घोर र नुरिस्तान प्रान्तका धेरैवटा सडकहरु खुलाउने काम भइरहेको छ,” उहाँले बताउनुभयो । निरन्तरको भारी वर्षाको कारण स्थानीयबासीको धेरै नोक्सानी भएको छ ।

बाढीमा परेर बालबालिकाको मृत्यु भएको, जमिन र पुलहरू नष्ट भएको फराह प्रान्तका एक बासिन्दाले जनाउनुभयो । बाढीबाट भएको जनधनको क्षतिलाई तत्काल सम्बोधन गर्न सरकारसमक्ष स्थानीयवासीले आग्रह गरेका छन् । राससरएएनआई

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०८१ बैशाख २४,सोमबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०८१ बैशाख २४,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद