Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

सुरुङमा थुनिएका कामदार बाहिर निस्किँदाको खुशी

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर १३,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भारतको उत्तराखण्डमा एउटा निर्माणाधीन सुरुङमा १७ दिनदेखि थुनिएका सबै ४१ कामदारलाई जीवितै उद्धार गरेर बाहिर निकालिएको छ।

सुरुङबाहिर हर्षोल्लासपूर्वक फूलमालाले उनीहरूलाई स्वागत गरिएको थियो। केही तस्बिरहरूमा उनीहरू भावविह्वल भएको पनि देखिएको थियो।

पाङ्ग्राजडित स्ट्रेचरमा राखेर उनीहरूलाई तीन फिट चौडा पाइपबाट बाहिर निकालिएको थियो। उनीहरूमध्ये कोही पनि घाइते नभएको अधिकारीहरूले बताइएका छन्। सुरुङबाट निकालेपछि सबै जनालाई परीक्षणका लागि अस्पताल लगिएको छ।

उत्तराखण्डमा १७ दिनदेखि सुरुङभित्र फसेका सबै ४१ जना मजदुरलाई बाहिर निकालियो

उत्तराखण्डमा सुरुङभित्र फसेका ४० मजदुरको उद्धार प्रयासः पाइपबाट खानेकुरा र अक्सिजन पठाइयो

सुरुङबाहिर ती कामदारका आफन्त, साथीहरू र स्थानीयवासी भेला भएका थिए। उनीहरूले आतिसबाजी गर्नुका साथै मिठाई पनि बाँडेका थिए।

गत नोभेम्बर १२ मा पहिरोका कारण सुरुङको प्रवेशद्वारमा ढुङ्गा र माटो थुप्रिएपछि ती कामदारअरू सुरुङभित्रै थुनिएका थिए।

सुरुङको प्रवेशद्वार बन्द भएलगत्तै उनीहरूसँग वाकीटकीमार्फत् सम्पर्क स्थापित भएको थियो। अर्को सानो पाइपबाट उनीहरूलाई अक्सिजन, खानेकुरा र पानी लगायतका अत्यावश्यक सामग्री सुरुङभित्र पठाइएको थियो।

फसिरहेका ती मजदुरहरू उक्त भत्किएको सुरुङ निर्माणमा संलग्न थिए। उद्धारकार्य बारम्बार अवरुद्ध भएको थियो।

उक्त सुरुङ भारत सरकारको चारधाम परियोजनाअन्तर्गत उत्तराखण्डको पहाडी भेगमा हिन्दू धर्मावलम्बीहरूका तीर्थस्थललाई जोड्न बनाउन थालिएको सडकको अङ्ग हो। बिबिसीबाट

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

रवि लामिछानेका सवारी चालकको उपचारका क्रममा मृत्यु
अन्तराष्ट्रिय

रारा घुम्न आएकी पर्यटकको मृत्यु

प्रकाशित : २०८० मंसिर १३,बुधबार
बारामा चिनियाँ नागरिकसहित तीन जना विवाह प्रयोजनका क्रममा पक्राउ
अन्तराष्ट्रिय

बारामा चिनियाँ नागरिकसहित तीन जना विवाह प्रयोजनका क्रममा पक्राउ

प्रकाशित : २०८० मंसिर १३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद