सिमरा,२० फागुन । नेपाली काँग्रेसका नेता एवं संविधान सभा सदस्य डा. शोभाकर पराजुलीले होली पर्वको अवसरमा एक विज्ञप्ती जारी गर्दै सम्पूर्ण नेपाली हरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।
‘होली पर्व २०७९ को मंगलमय शुभकामना होली, फागु, फागु पूर्णे आदि नामले चिनिने उल्लास र उमंगको यो महान पर्वको पावन अवसरमा सबैमा मंगलमय शुभकामना व्यक्त गर्दछु ।’ डा. पराजुलीले भन्नुभएको छ ।
होली पर्वले मानवविच समान व्यवहारको सन्देश प्रवाह गर्ने प्रेरणा प्रदान गरोस् भन्दै नेता डा. पराजुलीले सबैमा सकारात्मक भावनाको विकासको कामना गर्नुभएको छ ।‘यो पर्वले आपसी सदभाव, मेलमिलाप, भाइचारा, प्रेमभाव बढाओस् । मान्छेले मान्छेलाई कुनै जाति, वर्ण, लिङ्ग वा क्षेत्रका आधारमा श्रेष्ठ नमानी सबैलाई समान मान्ने प्रेरणा मिलोस् । हाम्रो मानवतावादी सोचमा अझ ठोस् योगदान पुर्याउन सकोस् । हामी सबैलाई अझ सकारात्मक सदवुद्धी प्राप्त होस् । सबैमा शान्ति,सुस्वास्थ्य,समृद्धि र समुन्नतिका निमित्त हार्दिक मंगलमय शुभकामना’ डा. पराजुलीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
नेपाली काँग्रेसका पूर्व मूख्य सचिब एवं संसदीय दलका सचेतक रहनुभएका डा. पराजुली हाल बाराको जीतपुरसिमरा ४ स्थित नीजि निवास ‘समता सदन’ मा बस्दै आउनुभएको छ । साहित्य र लेखनमा व्यस्त रहने नेता पराजुली नेपाली राजनीतिमा बौद्धिक नेताका रुपमा परिचीत हुनुहुन्छ । डा. पराजुलीका आधा दर्जन बढि पुस्तक समेत प्रकाशित छन् ।