वीरगञ्ज,११ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साले मोबाइल हराएको सूचना प्राप्त भएपश्चात सो मोबाइल खोजतलास गरी Samsung Galaxy Note-20 5G १ थान मोबाइल सम्बन्धित धनीलाई बुझाइएको छ ।
बुधबार वीरगञ्ज महानगरपालिका वडा नं १४ स्थित विवाहको जयन्ती आएको क्रममा हराएको सूचना प्राप्त भएपछि मोबाइल खोजतलास गरी मोबाइल धनीलाई फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस