Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

आइओसीलाई किस्ता तिर्न नपुगेपछि निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ जेष्ठ २६,बिहीबार
A A
file photo

file photo

1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २६ जेठ (रासस) ः नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई किस्ता तिर्न रकम नपुगेपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु ८ र डिजेल÷मट्टितेलमा प्रतिलिटर रु १२ वृद्धि गरेको हो ।

मूल्य बढेसँगै पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर रु १७८ र डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर १६५ पुगेको छ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

बुधबारसम्म निगमले आइओसीलाई रु २० अर्बभन्दा बढी रकम तिर्न बाँकी छ । निगमले प्रत्येक अङ्ग्रेजी महिनाको ८ र २३ तारिखमा आइओसीलाई पेट्रोलियम पदार्थ खरिद गरेबापतको रकम भुक्तानी गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा उच्च दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको र आइओसीलाई तिर्नुपर्ने बक्यौता रकम बढ्दै गएकाले मूल्यवृद्धि गर्नुपरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो ।

निगमले गत सातामात्र पेट्रोल, डिजेल÷मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु १० घटाएको थियो । मूल्य समायोजनपछि पनि पाक्षिकरुपमा रु तीन अर्ब ८९ करोड घाटा रहँदै आएको निगमको भनाइ छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा, आधिकारिक निर्णय हुन बाँकी
मुख्य समाचार

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा,

प्रकाशित : २०७९ जेष्ठ २६,बिहीबार
अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०७९ जेष्ठ २६,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद