वीरगञ्ज, १६ वैशाख । पर्साको वीरगञ्जमा रहेको युनिभर्सल एकेडेमी कलेजले शनिबार आज कक्षा १२ का बिद्यार्थीहरुको बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कलेजका प्रमुख मनिष मिश्राको अध्यक्षतामा र शिक्षक रामबाबु पटेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी पटेलले बिद्यार्थीहरुलाई कलेजबाट आर्जन गरेको शिक्षालाई व्यवहारमा लागु गर्न सुझाव दिएका थिए । उनले बिद्यार्थीको काँधमा परिवार र देश निर्माणको जिम्मेवारी रहेकोले अनुशासित र सभ्य भएर शिक्षा आर्जन गर्न आग्रह गरेका थिए ।
सो अवसरमा कक्षामा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीहरुलाई सम्मानित समेत गरिएको थियो । बिज्ञान र व्यवस्थापनको अध्यापन हुने सो कलेजले आजै संतोष कुमार सिंहलाई प्रधानाध्यापक र धिरज क्षेत्रीलाई सह प्रधानाध्यापकको जिम्मेवारी तोकेको कलेजको शिक्षक दिनानाथ साहले जानकारी दिए ।
कक्षा ११ बिद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा दिलिप प्रजापति, खेमराज प्रसाद,शम्भु प्रसाद ,चन्द्रिका पटेलल गायतकाले धारणा राखेका थिए । सो कार्यक्रम वीरगञ्जको अनमोल पार्टी प्यालेश सम्पन्न भएको हो । कार्यक्रममा कलेजका बिद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।