वीरगन्ज,२५ मंसिर। महानगरले सुरु गरेको “मेयर घरदैलो स्वास्थ्य शिविर“ निरन्तर रहेको छ । वीरगन्ज महानगरपालिकाले आइतबार देखी वडा नम्बर २० हरपतगंज स्वास्थ्य चौकीमा शुरु गरेको छ ।
विभिन्न वडाहरुमा क्रमशः सेवा दिदै आएको “मेयर घरदैलो स्वास्थ्य शिविर“ को क्रममा वडा नम्बर २० मा सञ्चालनमा रहेको पहिलो दिन नै ५४ जना महिला सहित १ सय ४ जना विरामीको स्वास्थ्य सेवा परिक्षण गराउन सफल भएका छन् । डाक्टरको सल्लाह र आवश्यकता अनुसार १५ जनाले ल्याब सेवा समेत लिएका छन् ।
बिरामीको अवस्था हेरी मोबाइल ल्याब बाट तत्कालै रगत परिक्षण गराइ समस्या अनुसार निस्शुल्क औषधी पनि वितरण गरिएको जनाइएको छ ।
घरदैलोमै सबै खालका चेकजाँच हुने गरी स्वास्थ्य सेवा पुगेपछि सदरमुकाम धाइरहने अवस्था हटेकोले स्वास्थ्य चेकजाँच गराउन आउने सेवाग्राहीको भीडभाड लाग्ने गरेको वीरगन्ज महानगरपालिकाका आम सञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिका सदस्य अमित अग्रवालले जानकारी दिए ।