पर्सामा सञ्चालित नीजी विधालयहरुको विरुद्धमा अभिभावकहरुले ज्ञापन पत्र बुझाएका छन् । स्वस्फूर्त रुपमा संगठित भएका अभिभावकहरुले सोमबार जिल्ला प्रशासन कार्यालय र वीरगन्ज महानगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन ।
नीजी विधालयहरुले आफुखुशी विधालयको शुल्कवृद्धि गरेको, पाठ्यक्रम परिवर्तन गरेको निर्णय खारेजीको माग गर्दै अभिभावकहरुले सोमबार प्रमुख जिल्ला अधिकारी उमेश ढकाल र वीरगन्जका मेयर राजेशमान सिहलाइ छुटटा छुटटै भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।
अभिभावकहरुले गत शनिवार भेला भई सन्दिप कुमार साहको संयाोजकत्वमा संघर्ष समित गठन गरेका थिए । त्यहि समितिले सोमबार १४ बुदे माग सहितको ज्ञापनपत्र प्रजिअ ढकाल र मेयर सिंहलाइ बुझाएको समितिका संयोजक साहले जानकारी दिएका छन् ।
उच्च अदालतको फैसला विरुद्ध निजी विधालयले गरेको शुल्क वृद्धि फिर्ता गर्नु पर्ने, हरेक वर्ष पाठ्यक्रम परिवर्तन गर्ने प्रवृति रोक्नु पर्ने, धरौटी शुल्क लिने निर्णय खारेज गर्नु पर्ने, नयाँ भर्र्ना शुल्क नियमानुसार हुनु पर्ने, पोशाक अभिभावकले आफुखुशी पसलबाट किन्न पाउनु पर्ने, सबै नीजी विधालयमा अभिभावक भेला गरि व्यवस्थापन समिति गठन गर्नु पर्ने लगायतका मागहरु ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
नेपालको कानुन र अदालतको फैसला विरुद्ध शुल्क वृद्धि गरि असुल्ने नीजी विधालयहरुलाइ कार्वाही गर्न पनि माग गरिएको संयोजक साहले बताए ।
प्रजिअ ढकाल र मेयर सिंहलाइ ज्ञापनपत्र बुझाउदै आफना मागहरु सम्बोधन नगरिए अभिभावकहरु चरणबद्ध आन्दोलनमा उत्रिने साहले चेतावनी दिएका छन् । प्रजिअ र मेयरले अभिभावकले उठाएका मागहरुको नीनी विधालयहरुसँग छलफल पश्चात यथासिघ्र समाधान गरिने प्रतिवद्धता गरेका छन् ।
© 2024