वीरगञ्ज महानगरपालिकामा बिधार्थीहरुलाई शैक्षिक सामाग्री निशुल्क उपलब्ध हुने भएको छ । वडा नम्बर १० का नवनिर्वाचित वडा अध्यक्ष सुशील साह कानुले आफनो वडामा रहेका सबै सामुदायिक विद्यालयमा विधार्थीलाई शैक्षिक सामाग्री निशुल्क उपलब्ध गराउने घोषणा गरेका हुन ।
आइतबार रामचरण साह पन्नालाल माध्यमिक विद्यालयमा १३ औं वार्षिक पुरस्कार वितरण समारोहमा बोल्दै वडाअध्यक्ष कानुले विकासको मुल आधार शिक्षा भएकोले निशुल्क शैक्षिक समाग्री दिने घोषणा गरेको बताए ।
वडाको आधारभूत विधालयहरुमा अध्ययनरत सबै विधार्थीलाइ कापी , शीशाकलम र स्कुल ब्याग वर्षभरि नै वडा कार्यालयबाट उपलब्ध गराउने बताए ।
वडाअध्यक्ष कानुले सामुदायिक विधालयमा अधिधकांश गरिबका छोराछोरी पढ्ने भएकाले कापी , कलमको अभावले उनिहरुलाइ शिक्षाबाट बन्चित हुन नदिने प्रतिबद्धता गरेका छन् ।
वीरगन्जका मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विधालयको वार्षिक परिक्षामा उत्कृष्ट नीतजा ल्यााउने विधार्थीहरुलाइ पुरस्कार वितरण गरिएको थियो । यस्तै कार्यक्रममा नवनिर्वाचित मेयर सिंहका साथै वडा नम्बर १० का वडाअध्यक्ष कानुका साथै वडा सदस्य सन्तोष जैशी ,प्रभु महत्तो लगायतका जनप्रतिनिधीहरुलाइ विधालयले सम्मानित पनि गरेको थियो ।
विधालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमाार साहको अध्यक्षतामा भएको कार्यक्रममा विधार्थी , शिक्षक, शिक्षिका , अभिभावक लगायतको पनि सहभागीता रहेको विधालयका प्रधानाध्यापक अरविन्द लालले जानकारी दिए ।
© 2024