Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

महानगरपालिका १० मा बिधार्थीहरुलाई शैक्षिक सामाग्री निशुल्क -कानु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार १२,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज महानगरपालिकामा बिधार्थीहरुलाई शैक्षिक सामाग्री निशुल्क उपलब्ध हुने भएको छ । वडा नम्बर १० का नवनिर्वाचित वडा अध्यक्ष सुशील साह कानुले आफनो वडामा रहेका सबै सामुदायिक विद्यालयमा विधार्थीलाई शैक्षिक सामाग्री निशुल्क उपलब्ध गराउने घोषणा गरेका हुन ।
आइतबार रामचरण साह पन्नालाल माध्यमिक विद्यालयमा १३ औं वार्षिक पुरस्कार वितरण समारोहमा बोल्दै वडाअध्यक्ष कानुले विकासको मुल आधार शिक्षा भएकोले निशुल्क शैक्षिक समाग्री दिने घोषणा गरेको बताए ।
वडाको आधारभूत विधालयहरुमा अध्ययनरत सबै विधार्थीलाइ कापी , शीशाकलम र स्कुल ब्याग वर्षभरि नै वडा कार्यालयबाट उपलब्ध गराउने बताए ।
वडाअध्यक्ष कानुले सामुदायिक विधालयमा अधिधकांश गरिबका छोराछोरी पढ्ने भएकाले कापी , कलमको अभावले उनिहरुलाइ शिक्षाबाट बन्चित हुन नदिने प्रतिबद्धता गरेका छन् ।
वीरगन्जका मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विधालयको वार्षिक परिक्षामा उत्कृष्ट नीतजा ल्यााउने विधार्थीहरुलाइ पुरस्कार वितरण गरिएको थियो । यस्तै कार्यक्रममा नवनिर्वाचित मेयर सिंहका साथै वडा नम्बर १० का वडाअध्यक्ष कानुका साथै वडा सदस्य सन्तोष जैशी ,प्रभु महत्तो लगायतका जनप्रतिनिधीहरुलाइ विधालयले सम्मानित पनि गरेको थियो ।
विधालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमाार साहको अध्यक्षतामा भएको कार्यक्रममा विधार्थी , शिक्षक, शिक्षिका , अभिभावक लगायतको पनि सहभागीता रहेको विधालयका प्रधानाध्यापक अरविन्द लालले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–३ मा चुनावी बहस तीव्र, आरोप–प्रत्यारोपबीच मुद्दा र जनविश्वासको परीक्षा
मुख्य समाचार

पर्सा–३ मा पुस्तान्तरणको संकेत : युवा उम्मेदवार रूपेश पाण्डे बनाम परम्परागत राजनीति

प्रकाशित : २०७९ असार १२,आईतवार
हरि पन्तलाई  गहवा र रामटोल बासिको को साथ
मुख्य समाचार

हरि पन्तलाई गहवा र रामटोल बासिको को साथ

प्रकाशित : २०७९ असार १२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद