Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

उच्च अदालतको आदेश महानगरलाई ,रक्तसञ्चार केन्द्र भवन निर्माणमा बाधा नगर्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ६,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । रक्तसंचार केन्द्र भवन निर्माण गर्न कुनै बाधा अवरोध नगर्न उच्च अदालत जनकपुरले वीरगंज महानगरपालिकाको नाममा पत्रचार गरेको छ ।
वीरगंज महानगरपालिकाले विधिवत कार्यपालिका बैठकवाट तथा नगरसभावाट निर्णय गराई रक्तसंचार केन्द्रको भवन निर्माण गर्न वीरगंज मेनरोड स्थित उद्योग बाणिज्य संघको पश्चिम तर्फ रहेको खाली जग्गा नेपाल रेडक्रसलाई उपलब्ध गराउने निर्णयलाई बेवास्ता गरेपछि उच्च अदालतले आज महानगरपालिकाको नाममा सो आदेश जारी गरेको हो ।

महानगरले उक्त जग्गा रक्तसंचार केन्द्रका लागि नदिने भनि पत्र गरी पार्किगं ठेक्का लगाई सो ब्लडबैंक भवन निर्माणमा अवरोध खडा गरेकोमा उच्च अदालत जनकपुर अस्थाई ईजलास वीरगंजले मिति ०८०।०१।०६ गते आदेश जारी गरी रक्त संचार केन्द्र भवन निर्माणमा कुनै बाधा अवरोध नगर्नु नगराउनु पार्किग कार्य समेत नगर्नु नगराउनु भनि वीरगंज महानगरपालिकाका नाममा आदेश जारी गरेको छ ।

उच्चअदालत जनकपुर अस्थायी ईजलास वीरगंजका न्यायधिश श्री गणेश प्रसाद बराल र न्यायधिश श्री सुदर्शन देव भट्टको संयुक्त ईजलासले रेडक्रस पर्साको पक्षमा उल्लेखित जग्गामा भवन निर्माण कार्यमा कुनै बाधा अवरोध नगर्नु, नगराउनु, साथै जग्गामा पार्किङ्ग कार्य समेत नगर्नु नगराउनु भन्ने आदेश जारी गरेको हो ।

उक्त मुद्दामा नेपाल रेडक्रस पर्साका तर्फवाट अधिवक्ता श्री सुधिर कुमार कर्ण र अधिवक्ता श्री शेलेन्द्र कुमार चौरसियाले बहस गर्नु भएको थियो ।
नेपाल रेडक्स सोसाईटी पर्सा जिल्ला शाखा नेपालको प्रथम जिल्ला शाखाको रुपमा २०२१ सालमा स्थापना भई सोसाइटीले मानविय सेवाको रुपमा पर्सा जिल्लामा सर्वप्रथम एम्बुलेन्स सेवा र रक्तसंचार सेवाको शूरुवात स्थापनाकाल देखि नै हालसम्म गर्दै आएको छ ।

रक्त संचार सेवाको लागि नारायणी अस्पतालको दक्षिण पूर्वको प्राङ्गण अस्पतालले उपलब्ध गराएको जग्गामा तत्कालिन विरगंज चिनी कारखाना लिमिटेडको आर्थिक सहयोगमा रक्त संचार केन्द्रको भवन निर्माण भई हालसम्म संचालन हुदै आएकोमा केहि समय पहिला सडक डिभिजन कार्यालयले पृथ्वी राजर्माग दुवै तर्फ २५–२५ मिटर फराकिलो गर्ने उद्देश्यले सो परिधिभित्र पर्ने भवनहरु निश्चित समय भित्र हटाई लिन भनि सुचना जारी गरेको दिन देखि नै विरगंजमा संचालित रक्तसंचार केन्द्र भवन पनि सो दायरभित्र पर्ने भएकोले यसको लागि बैकल्पिक र उचित ठाँउको खोज तलाश गर्ने क्रममा सो रक्तसंचार भवनको लागि तत्कालिन विरगंज महानगरपालिकाका नगर प्रमुख विजय सरावगिले विरगंज महानगरपालिकाको स्वामित्वमा रहेको विरगंज वडा नं।३ कि।न।२१ र ५६ को जग्गामा रक्त संचार भवन बनाउनेगरी २०७७। माघ १३ गते बोर्डको बैठकबाट निर्णयगरी नगर सभाबाट समेत अनुमोदन भएको थियो ।

त्यस्तै मिति २०७८साल असार ३ गते नेपाल रेडक्रस सोसाईटि पर्सासंग सम्झौता समेत गरेको थियो । सो सम्झौतामा भवनको भुईतल्लामा सार्वजनिक पाकिङ्ग समेत राख्ने भनि उल्लेख भएको थियो । त्यस पश्चात सम्झौताको सर्त अनुसार रेडक्रस पर्साले नक्सा बनाई पास गर्नको लागि विरगंज महानगरपालिकामा निवेदन दिएकोमा सो नक्सा पास भई मिति २०७८ साल चैत्र २९ गते भवन ईजाजत पत्र समेत दिएको थियो । साथै सो भवन निर्माणको लागि वि.म.न.पा. का। तत्कालिन नगर प्रमुखज्यूले रु२५,००,०००। अनुदान समेत दिनुभएको थियो । त्यस पश्चात रेडक्रस पर्साले सो जग्गामा भवन बनाउनको लागि ज्याला कन्ट्रेक्टमा निर्माण गर्न भनि टेण्डर समेत गरि सके पश्चात वि।म।न।पा।को नेतृत्व परिवर्तन भयो ।

सोहि क्रममा रेडक्रस पर्साका प्रतिनिधिले नगर प्रमुख राजेशमान सिंहलाई भेटी भवन बनाउने कार्यको जानकारी र सहयोग सम्बन्धमा लिखित रुपमै आग्रह गर्दै आएको थियो, तर सो आग्रह पटक पटक गर्दा पनि सो जग्गामा भवन बनाउने कार्यमा बाधा अवरोध हुँदै आएको थियो । जग्गाको बारेमा सबै कुरा थाँहा हुदा हुदैं पनि रेडक्रससंग भएको विगतको सम्झौता विपरित रेडक्रसलाई कुनै जानकारी नै नगराई सो जग्गामा सार्वजनिक पार्किङ्गको ठेक्का लगाईएको छ ।

पछि रेडक्रसले पुनः पार्किङ्ग हटाई विगतको सम्झौता अनुसार रक्तसंचार भवन बनाउन आग्रह गर्दा मिति २०७९ साल माघ ४ गते प्रमुख प्रशासकिय अधिकृतले सो जग्गा अब उपलब्ध गराउन नसकिने व्यहोराको पत्र पठाई सकेपछि तत्पश्चात कानूनी उपचारको लागि रेडक्रस पर्सा उच्च अदालत जनकपुर अस्थाई ईजलाश विरगंजमा निषेधाज्ञा, उत्प्रेषणको रिट दायर गरेको थियो ।

त्यसपछि मिति २०८० वैशाख ६ गते दुवै तर्फको छलफल सुनि उच्च अदालत जनकपुर अस्थायी ईजलासले रेडक्रस पर्साको पक्षमा उल्लेखित जग्गामा भवन निर्माण कार्यमा कुनै बाधा अवरोध नगर्नु नगराउनु, र सो जग्गामा पार्किङ्गकार्य नगर्नु नगराउनु भन्ने आदेश जारी गरेको छ । अदालतको यो आदेशपछि अब
वीरगंजमा अत्याधुनिक रक्त संचार केन्द्र निर्माण हुने बाटो खुल्ला भएको छ र वीरगंज नगरवासी हर्षित भएका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश
राजनिती

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश

प्रकाशित : २०८० बैशाख ६,बुधबार
पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०८० बैशाख ६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद