Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

५० लाख दाइजो माग्दै श्रीमती कुटपिट गर्ने दास कारागार चलान

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १०,शुक्रबार
A A
file pic

file pic

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सप्तरी, चैत १० गते । घरेलु हिंसा तथा ५० लाख नगद दाइजो माग गर्दै आएको भनी श्रीमतीद्वारा आरोप लागेका राजविराज ३ का नवीन कुमार दासलाई बिहीबार सप्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

राजविराज वडा नम्बर ३ की आरती कुमारी दासले श्रीमान् सहित आफ्नै परिवारका सदस्यहरूले बिहे भएको वर्ष दिन नबित्दै आफूमाथि घरेलु हिंसा भएको आरोप लगाउँदै गत माघ २६ गते जाहेरी लिएर अदालत पुग्नु भएको हो ।

विवाह सम्बन्धी कसुर मुद्दाको सुनुवाइ गर्नुहुँदै बिहीबार जिल्ला अदालतका एक नम्बर न्यायधिस हेमन्त रावल को एकल इजलासले पुर्पक्षका लागि आरोपित दासलाई कारागार चलान गरिएको अधिवक्ता किरण कुमारी साहले जानकारी दिनुभयो । मुद्दाको अनुसन्धानको क्रममा यसअघि आरोपित दासलाई २५ दिनसम्म जिल्ला प्रहरी कार्यालयको हिरासतमा भइराखेको अनुसन्धान अधिकृत राजीव गिरीले बताउनु भएको हो ।

पीडित आरतीको अनुसार तीन वर्ष अघि बिहे भएको र त्यति वेलैदेखि थप दाइजो माग गर्दै ससुराली पक्षले आफूलाई कुटपिट गर्दै यातना दिँदै आएको हो । कहिले जग्गा किन्न त कहिले घर बनाउन कहिले छोरालाई पढाउन भनेर अनेक बहानामा माइती पक्षबाट नगद रुपैयाँ मागेर ल्याउन दबाब दिँदै आएको पीडितको भनाइ रहेको छ ।गत वैशाख ५ गते श्रीमान् नवीनकुमार दास , सासू ९ससुरा राजकुमारी र घनश्याम दास नन्द हरुको समेत मिलेर कोठाको ढोका थुनेर मरणासन्न हुने गरी कुटपिट गरेको थियो । त्यसपछि आफ्नो गर्भ समेत तुहेको हो । आफू बाध्य भएर न्याय खोज्दै अदालत पुगेकी हुँ, आरतीले साउनुभयो । सभार गोरखापत्र अनलाइनमा ललिता साहले लेखनु भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ चैत्र १०,शुक्रबार
अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण
मुख्य समाचार

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रकाशित : २०७९ चैत्र १०,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद