Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

भाटभटेनी सुपरमार्केटको २४ औं शाखा वीरगन्जमा सन्चालनमा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ९,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,९चैत । भाटभटेनी सुपरमार्केटको २४ औं शाखा वीरगन्जमा सन्चालनमा आएको छ । भाटभटेनी सुपरमार्केट मधेस प्रदेशकै पहिलो स्टोरका रुपमा बिहीबार देखि भाटभटेनी सुपर मार्केट वीरगन्जमा सन्चालनमा आएको हो ।

भाटभटेनी सुपर मार्केटको २४ औं शाखा वीरगन्ज महानगरपालिका वडा नम्बर १४ बहुअरीमा बिहीबार देखि सन्चालनमा ल्याइएको भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले जानकारी दिए । पर्सा , बारा जिल्लासंगै सीमावर्ती भारतीय शहरका उपभोक्तालार्ई पनि लक्षित गरी वीरगन्जमा भाटभटेनी सुपर मार्केटको देशकै सबै भन्दा ठूलो शाखा सन्चालनमा ल्याइएको गुरुङले बताए ।

अन्र्तराष्ट्रिय स्तरको सपिङ सेवा प्रदान गर्ने उद्देश्यले भाटभटेनी सुपर मार्केटको सेवा वीरगन्जमा पनि विस्तार गरिएको गुरुङले बताए । उनका अनुसार यसका साथै सिमावर्ती भारतीय शहरका उपभोक्तालाई पनि लक्षित गरि वीरगन्जमा २४ औं शाखा सन्चालनमा ल्याइएको बताए । यो स्तरको सुपर मार्केट भारतमा पनि छैन ,दक्षिण एशियाका अन्य देशमा पनि नरहेको उनले बताए।

गुरुङनले देशको मुख्य औद्योगिकतथा अर्थिक नगरि र मधेस प्रदेशको सबैभन्दा ठुलो शहर वीरगन्जबाट भाटभटेनी सुपरमार्केटको सेवा सुरु गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया पनि दिए । उनले,‘ हामीले अन्तराष्ट्रिय स्तरको स्टोरबाट स्थानीय जनतालाई सेवा दिने मात्रै होइन ,स्थानीय उत्पादन खरिद र बिक्री तथा स्वरोजगारलाई विशेष प्राथमिकता दिएका छौं , स्थानीय किसान,उद्यमी,व्यवसायी,उद्योगले उत्पादन गरेका सामग्री खरिद गर्नुका साथै स्थानीय जनशक्तिलाई रोजगार प्रदान गर्दै आएका छौं ।

अध्यक्ष गुरुङले आफुले केवल व्यपारका लागि नभइ सेवाभावले देशभर शाखा विस्तार गरिरहेको बताए । उनले भने,‘ वीरगन्जमा पनि म व्यपार गर्न आएको होइन् , यहाका उपभोक्ताले बजार मुल्य भन्दा केहि भएपनि सस्तोमा सामान पाउन् भनेर सेवाभावले पनि यो शाखा विस्तार गरेको हुँ ।

अहिले देशमै आर्थिक मन्दी चलिरहेको परिपेक्ष्यमा खस्कदो अर्थतन्त्रलाई उकास्न केहि भएपनि टेवा पुगोस् भनेर वीरगन्जमा सेवा विस्तार गरेको जिकिर पनि उनले गरे । गुरुङले भने,‘ अर्थतन्त्र खस्कियो, आर्थिक मन्दी भयो भनेर नीजी क्षेत्र सुतेर बस्ने होइन , आफनो तर्फबाट जेजति हुन्छ जोडबल गर्नुपर्छ ।

वीरगन्ज पछि अब आगामी अषाढमा मधेस प्रदेशकै राजधानी जनकपुरमा र त्यसलगत्तै भदौंमा विर्तामोडामा पनि सेवा विस्तार गर्ने तयारी रहेको जानकारी पनि उनले दिए ।

भाटभटेनी सुपर मार्केटका व्यवस्थापक विनोद भट्राईका अनुसार वीरगन्जमा सन्चालनमा ल्याइएको सुपर मार्केट स्टोरको भौतिक संरचना र सामान सहितको लागत २ अर्ब ५० करोड रुपैया रहेको छ ।

२ बिघा १० कठ्ठा क्षेत्रफल जग्गामा निर्मित सुपर मार्केट स्टोरमा २ लाख ५० हजार स्क्वायर फिटको सपिङ स्पेस रहेको छ भने सुपर मार्केट भवन ७ तल्ले छ । भट्टराइले भने ,‘ यो स्टोर अहिले सम्मका सबै स्टोरहरु मध्ये भवन तथा सपिङ स्पेसको हिसाबले सबै भन्दा ठुलो हो ।

उनले भाटभटेनीको सुपर मार्केटका सामान , बजारको भन्दा सस्तो मुल्यमा पाइने जिकिर पनि गरे । उननले भने,‘ वीरगन्जका उपभोक्ता सस्तोका लागि किनमेल गर्न प्राय सीमापारि रक्सौल बजार जान्छन् , ती उपभोक्तालाई नै लक्षित गरि हामीले वीरगन्ज बजारको भन्दा सस्तो मुल्यमा सामान उपलब्ध गराएका छौं ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ चैत्र ९,बिहीबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ चैत्र ९,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद