वीरगञ्ज, २ माघ । आइतवार पोखरामा भएको विमान दुर्घटनामा शोक व्यक्त गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले दिप प्रज्वलन गरेको छ । काठमाण्डौबाट पोखरा जाँदै गरेको यत एयरलाईन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको चिर शान्तिको कामना गर्दै शोक सभा तथा दिप प्रज्वलन गरिएको नेविसंघ वरगञ्ज महानगरका अध्यक्ष धिरज साहले जानकारी दिए । उनका अनुसार शोकसभासँगै वीरगञ्जको घण्टाघरबाट माईस्थान, आदर्शनगर हुँदै ठाकुरराम बहुमुखी क्याम्पससम्म क्याण्डल मार्च समेत गरिएको थियो ।
नेपाली कांग्रेसका क्षेत्रीय सभापति मोहम्मद सहाबुद्धिन, युवा नेता राकेश यादव, नेविसंघ पर्साका पूर्व उपाध्यक्ष साबिर हुसैन, जिल्ला सचिव फिरोज अन्सारी, कालिकामाई गाउँपालिका अध्यक्ष राजेश कुशवाह लगायत कांग्रेसका नेतासँगै कांग्रेस निकट भातृ संगठनका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिती रहेको नेविसंघ पर्साका अध्यक्ष ई.रमेश यादवले जानकारी दिए ।
शोक सभालाई सम्बोधन गर्दै वक्ताहरुले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेका थिए । साथै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकारको ध्यानाकर्षण गराउँदै सरकारविरोधी नारा समेत लगाइएको थियो ।