वीरगञ्ज, १५ पुष । पर्सा निर्वाचन क्षेत्र नम्बर २ को २ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य (संसद्) रमेशप्रसाद कुर्मीले भोजपुरी भाषामा शपथ लिएका छन् ।
मंसिर ४ गते सम्पन्न आम निर्वाचन, २०७९ बाट निर्वाचित भएका मधेश प्रदेशका प्रदेशसभा सदस्यहरुको लागि आज शुक्रबार जनकपुरधाममा भएक शपथ ग्रहण समारोहमा सांसद् कुर्मीले मधेशको मौलिक तथा पारम्परिक पहिरन लगाएर आफ्नो मातृभाषा भोजपुरी भाषामा शपथ लिएका हुन् ।
क्षेत्रमा पाँच वर्षसम्म निरन्तर विकास र जनताको विचमा रहेर काम गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित सांसद् कुर्मी भोजपुरी भाषामा शपथ ग्रहण गरेर भोजपुरी भाषा र संस्कृतीको संरक्षण र प्रवर्द्धनमा ठूलो योगदान पुर्याएका छन् ।
कुर्मीसँगै पर्साबाटै प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य श्याम पटेल र सिंगासन साह कलवारले पनि भोजपुरीमै शपथ लिएको बुझिएको छ ।