Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

आईआईडीएस र सेजनबीच क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने समझदारी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर १०,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — नेपाल आर्थिक पत्रकार समाज (सेजन) सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आईआईडीएस) बीच आर्थिक अनुसन्धान तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको भएको छ ।आईआईडीएसको ४४ औं वार्षिकोत्सको अवसरमा राखिएको समारोहमा बिहीबार सेजन अध्यक्ष जनार्दन बराल र आईआईडीएसका कार्यकारी निर्देशक विश्वास गौचनले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

आर्थिक पत्रकारको क्षमता विकास, नीतिगत बहस तथा विभिन्न विषयहरूमा गरिने अध्ययन तथा अनुसन्धानमा सहकार्य गर्न समझदारी गरिएको हो । कार्यक्रममा आईआईडीएसका कार्यकारी निर्देशक विश्वास गौचनले सेजनसँगको सहकार्यले अनुसन्धानको काम तथा क्षमता विकासमा महत्वपूर्ण रहने बताए । ‘क्षमता विकास कार्यक्रम, अनुसन्धान काम गर्नको लागि दुई संस्थाबीच सहकार्य गरिनेछ’ गौचनले भने ।

सेजन अध्यक्ष बरालले सेजनले आर्थिक पत्रकारिताको उन्नयनमा महत्वपूर्ण भूमिका खेलेको बताए । निष्पक्ष र स्वतन्त्र पत्रकारिताको विकासका लागि क्षमतावान पत्रकारको उत्पादन गर्ने उद्देश्य राखेर सेजनले काम गरिरहँदा आईआईडीएससँगको सहकार्यले सेजनको यो उद्देश्यमा सहयोग पुर्‍याउने बताए ।

समझदारीअनुसार दुई संस्थाबीच वित्त, अर्थशास्त्र र विकासका क्षेत्रमा क्षमता अभिवृद्धि कार्यक्रमहरूको डिजाइन र कार्यान्वयनमा सहकार्य गर्ने, राष्ट्रिय महत्वका विभिन्न मुद्दाहरूमा सम्मेलन तथा कार्यक्रम गर्न सहकार्य गर्ने, आर्थिक विकासका क्षेत्रमा अनुसन्धानका कार्यक्रमहरूको तर्जुमा, कार्यान्वयनर प्रचारप्रसारमा सहकार्य गर्ने एवम् विकासका मुद्दाहरूमा नीतिगत पैरवी गर्ने लगायतका काम गरिने विज्ञप्तिमा उल्लेख छ ।सभार कान्तिपुर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ
मुख्य समाचार

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ

प्रकाशित : २०७९ मंसिर १०,शनिबार
नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित
मुख्य समाचार

नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित

प्रकाशित : २०७९ मंसिर १०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद