Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीउवासङ्घ र भियतनाम चेम्बर बीच एमओयुमा हस्ताक्षर वीउवासङ्घ अन्तर्राष्ट्रियस्तरमा सम्बन्ध विस्तार गर्दै

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २३,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २३ कार्तिक I
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा रहेका व्यापारिक भ्रमण प्रतिनिधिमण्डलले आज भियतनाम चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीका पदाधिकारीहरुसँग भियतनाम चेम्बरकै बैठक कक्षमा भेटघाट तथा अन्तरक्रिया गरी विविध बिषयमा छलफल गरेका छन् । सोही अवसरमा द्विपक्षीय व्यापार विस्तार, पर्यटन प्रबद्र्धन, आपसी सहयोग र सद्भावको लागि एक सम्झौता पत्र (एमओयु) मा हस्ताक्षर गरेका छन् ।
सम्झौता पत्रमा वीरगञ्ज उवासङ्घको तर्पmबाट अध्यक्ष डा. गुप्ता तथा भियतनाम उवासङ्घका तर्पmबाट महानिर्देशक ट्रान न्गोक लिएमले हस्ताक्षर गरेका थिए । सम्झौता पत्रमा दुवै संस्थाले व्यवसायिक गतिविधि, लगानी, प्रविधि हस्तान्तरण, सेवा तथा अन्य आपसी हित हुने व्यवसायिक क्षेत्रको प्रबद्र्धनको लागि सहजीकरण गर्ने उल्लेख छ । सम्झौता पत्रले दुवै देशको उद्योगी र व्यापारी वर्गलाई छलफलका लागि मान्यताप्राप्त मञ्च उपलब्ध गराउन सहयोग गर्ने प्राप्त समाचारमा उल्लेख छ ।
सम्झौता अनुसार दुवै राष्ट्रका व्यापारिक भ्रमण टोलीलाई सक्दो सहयोग गर्ने तथा व्यापारिक प्रदर्शनी, मेला, सेमिनारहरुमा दुवै राष्ट्रले सहभागिता जनाउने र आवश्यकतानुसार दुवै संस्थाको संयुक्त बैठक गर्ने कुराहरु उल्लेख गरिएको छ । यस अघि हिजो मात्रै वीउवासङ्घ र सिंगापुर उवासङ्घबीच एमओयुमा हस्ताक्षर भएको छ ।
वीउवासङ्घ र भियतनाम चेम्बरका उद्योगी व्यापारीहरु बीचको बैठकले दुवै देशको व्यापारिक सम्बन्धमा अझ नयाँ आयाम थपिएको छ । नेपालको भियतनामसँग व्यापार वृद्धि र नेपाल र भियतनामका उद्यमीहरुको संयुक्त लगानीमा वीरगञ्जमा नयाँ लगानी भित्रयाउन यस भेटघाटले उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास डा. गुप्ताले व्यक्त गरे ।
नेपालको आर्थिक राजधानीका रुपमा परिचित वीरगञ्ज र भियतनामको आर्थिक केन्द्रका रुपमा पहिचान बनाएको होचिमिन्ह सिटीका चेम्बर बीच भएको स्मृतिपत्रमा हस्ताक्षर र द्विपक्षीय सम्बन्धले वीरगञ्जलाई अन्तर्राष्ट्रिय बजारमा अझै सघन रुपमा प्रवेश गराउन मद्दत मिलेको र यस क्षेत्रमा भियतनामी लगानी आउने बाटो सरल बनाएको प्रसङ्गले आपूmहरु उत्साहित बन्न पुगेको डा. गुप्ताले व्यक्त गरे ।
वीउवासङ्घका अध्यक्ष डा. गुप्ताले भियतनाम चेम्बरका पदाधिकारीहरुलाई नेपाल भ्रमणको लागि आग्रह गरिएको र भियतनाम चेम्बरबाट नेपालमा लगानी गर्ने प्रतिबद्धता जाहेर गरिए बमोजिम भियतनाम चेम्बरका भ्रमणसँगै नेपालमा लगानी पनि भित्रिने विश्वास डा. गुप्ताले बताउनुभयो ।
उक्त भ्रमण प्रतिनिधिमण्डलमा सङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया, उपाध्यक्ष माधव राजपाल, महासचिव मनोजकुमार दास, सचिव अरविन्द्र अमात्य, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, सह–सचिव अनोज रुँगटा, का.स.स. सुनिलकुमार खेतान, रविन्द्रकुमार बरनवाल, मनोजकुमार शर्मा, नरेशकुमार टिबडेवाल, शिवजीप्रसाद साह, मुरली जालान, प्रमोदकुमार चौरसिया, पन्नालाल प्रसाद साह, प्रकाश खण्डेलवाल, अंकितकुमार खेतान, प्रभात रुँगटा, बुद्धिप्रसाद पन्त, डा. लक्ष्मी थापा लगायतको सहभागिता रहेको छ ।
वीउवासङ्घका व्यापारिक प्रतिनिधिमण्डल गत एक सातादेखि अन्तर्राष्ट्रिय सम्बन्ध र द्विपक्षीय व्यापार विस्तारका क्रममा वैदेशिक भ्रमण रहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नगरप्रमुखको सक्रिय पहलले ल्यायो आशा – वीरगञ्जमा विद्युत् समस्या समाधानको बाटो खुल्दै
मुख्य समाचार

नगरप्रमुखको सक्रिय पहलले ल्यायो आशा – वीरगञ्जमा विद्युत् समस्या समाधानको बाटो खुल्दै

प्रकाशित : २०७९ कार्तिक २३,बुधबार
हेटौँडाका वरिष्ठ व्यवसायी विन्दल दासमाथि आक्रमण, समुदाय स्तब्ध
मुख्य समाचार

हेटौँडाका वरिष्ठ व्यवसायी विन्दल दासमाथि आक्रमण, समुदाय स्तब्ध

प्रकाशित : २०७९ कार्तिक २३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद