बारा– मधेश प्रदेश ट्राफिक प्रहरी पथलैया २२ करोडको राजश्व संकलन गरेको छ । मधेश प्रदेश ट्राफिक प्रहरीले सवारीसाधन कारबाहीबाट गएको आर्थिक वर्षमा २२ करोडभन्दा बढी राजश्व संकलन गरेको छ ।
२२ करोड ४४ लाख राजश्व मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७८–७९ मा संकलन गरिएको छ ।
ट्राफिकले मधेश प्रदेशका ८ वटै जिल्लाको २ लाख ६४ हजार ९१० साना ठूला सवारीसाधनका चालकबाट सवारी नियम उल्लंघनमा दण्डरजरिवाना गरी उक्त रकम असुल गरेको प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार सबभन्दा बढी ट्रक चालकबाट ९९ हजार ३५८ सवारी साधन नियम उल्लंघनमा ११ करोड ५२ लाख ४३ हजार, ७६ हजार ७१३ मोटरसाइकल चालकबाट चार करोड ९५ लाख ७५ हजार तथा ४७ हजार ५०५ कार, जीप र भ्यान चालकबाट तीन करोड २० लाख राजस्व असुल गरिएको छ।
त्यसैगरी, १५ हजार ५४० ट्याक्टरका चालकबाट ९६ लाख, १३ हजार ४२० टेम्पु चालकबाट ९० लाख ६४ हजार र ११ हजार ६७७ बसका चालकबाट ८९ लाख २० हजार दण्डरजरिवाना गरी ट्राफिकले राजस्व संकलन गरेको हो ।