नेपाल कम्युनिष्ट पार्टी निकट अखिलले मल माग्दै कलैयामा प्रर्दशन गरेको छ । समयमा किसानहरुले खेतीपाती गर्न मल नपाउदा नेकपा एमाले निकट अखिलले प्रदर्शन गरेको हो ।
अखिल नेपाल किसान महासंघ बाराको अगुवाइ किसानहरुले कलैयामा सरकार विरोधी प्रदर्शन गरेका छन् ।
कलैया स्थित एमालेको पार्टी कार्यालयबाट निस्किएको किसानहरुको जुलुसले रासायनिक मल सजह रुपमा उपलब्ध गराउ, दैनिक उपभोग्यवस्तुको महङगी नियन्त्रण गर, पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि अझै फिर्ता गर लगायतका नारा लगाएका थिए । नगरको परिक्रमा गर्दै किसानहरुले कृषि सामाग्री कम्पनि लिमिटेडको घेराउ गर्दै दुई घण्टा धर्ना दिएका थिए ।
अखिल नेपाल किसान महासंघका केन्द्रिय स्थाायी कमिटी सदस्य उमेश गुप्ताले निमित्त प्रमुख नोज बहादुर जिएमलाइ भेटेर किसानहरुलाई सहज र सुलभ ढङ्गबाट रासायनिक मल उपलब्ध गराउन माग गरेका थिए ।
अखिल नेपाल किसान महासंघ बाराका संयोजक आत्मदेव भटटराइको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्यहरु रामनाथ बैठा, बन्दना सिंह, धनमाया चौधरी, परवानीपुर गाँउपालिकाकी उपाध्यक्ष सुगान्धी देवी गुप्ता, किसान लगायतको सहभागीता रहेको थियो ।
© 2024