Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

by प्रणय साह
प्रकाशित : २०८३ भाद्र २१,आईतवार
A A
4
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी गाडी प्रयोग गरी वीरगञ्जस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन्। उनीसँगै इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रदीप पौडेल पनि क्यासिनोबाटै पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित Golden Finger Gaming Zone Pvt. Ltd. (क्यासिनो) मा नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको सूचनाका आधारमा राति करिब १०ः३० बजे छापा मारेको थियो।
प्रहरीले जुवा खेलिरहेको अवस्थामा जसवन्त यादव, चन्दन सहनी, ओमप्रकाश झा र प्रदीप पौडेललाई नियन्त्रणमा लिएको जनाएको छ।
यस्तै, नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा क्यासिनोका कर्मचारी विजयकुमार पटेल, दिनेशकुमार पटेल, जयदेव साह र प्रदेशी साहलाई समेत प्रहरीले पक्राउ गरेको छ।
क्यासिनोमा सरकारी गाडीको प्रयोग ?
सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यादव सरकारी गाडी प्रयोग गरेर क्यासिनो पुगेको विवरणले घटनालाई थप गम्भीर बनाएको छ। स्थानीय तहका जनप्रतिनिधिले सरकारी स्रोत–साधन प्रयोग गरी क्यासिनो पुगेको विषयमा समेत प्रश्न उठेको छ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक नै क्यासिनोबाट पक्राउ पर्नुले प्रहरी संगठनभित्र समेत गम्भीर प्रश्न खडा गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

धोविनीमा सामुदायिक सिकाइ केन्द्रको दिगोपनका लागि स्थानीय तहसँग पैरवी
राष्ट्रिय

धोविनीमा सामुदायिक सिकाइ केन्द्रको दिगोपनका लागि स्थानीय तहसँग पैरवी

प्रकाशित : २०८३ भाद्र २१,आईतवार
पोखरिया नापीमा गुण्डागर्दी शैलीः हाकिम धम्क्याउने लेखनदास गोढ थुनामा
मुख्य समाचार

पोखरिया नापीमा गुण्डागर्दी शैलीः हाकिम धम्क्याउने लेखनदास गोढ थुनामा

प्रकाशित : २०८३ भाद्र २१,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद