Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बहुदरमाईका सामुदायिक विद्यालयको एसईई नतिजा कमजोर, २९ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ जेष्ठ ४,सोमबार
A A
सांकेतिक  फोटो

सांकेतिक फोटो

4
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — बहुदरमाई नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूको माध्यमिक शिक्षा परीक्षा ९एसईई० २०८१ को नतिजा सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार नगरपालिकाभित्रका अधिकांश विद्यालयको उत्तीर्ण प्रतिशत कमजोर देखिएको छ।
नगरपालिकाका सात सामुदायिक विद्यालयबाट एसईई परीक्षामा सहभागी भएका ५९८ विद्यार्थीमध्ये १७६ जना मात्रै ग्रेडेड भएका छन्। समग्र उत्तीर्ण प्रतिशत २९ प्रतिशत हाराहारीमा रहेको विवरणमा उल्लेख छ।
नतिजाअनुसार मध्यवर्ती सुभिला प्राविधिक माध्यमिक विद्यालय ले सबैभन्दा राम्रो नतिजा ल्याएको छ। उक्त विद्यालयबाट सहभागी ५९ विद्यार्थीमध्ये २५ जना विद्यार्थी ग्रेडेड भएका छन् भने विद्यालयको उत्तीर्ण प्रतिशत ४२.३७ रहेको छ। विद्यालयबाट एक जना विद्यार्थीले ४ जीपीए समेत ल्याएका छन्।
त्यसैगरी नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बाट सहभागी १७२ विद्यार्थीसध्ये ३३ जना उत्तीर्ण भएका छन्। विद्यालयको उत्तीर्ण प्रतिशत १९.१९ रहेको छ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय को नतिजा २८.५७ प्रतिशत रहेको छ भने महावीर साह माध्यमिक विद्यालय को १८.२९ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका छन्।
यस्तै भंगी साह माध्यमिक विद्यालय को उत्तीर्ण प्रतिशत २७.४४ रहेको छ भने देवनन्दन देवराज माध्यमिक विद्यालय बाट सहभागी ३६ विद्यार्थीसध्ये ८ जना मात्रै ग्रेडेड भएका छन्।
नगरपालिकाभित्र कुनै पनि विद्यालयले शतप्रतिशत नतिजा ल्याउन नसकेको तथ्यांकले सामुदायिक विद्यालयको शैक्षिक अवस्था चुनौतीपूर्ण रहेको संकेत गरेको छ। विशेषगरी ठूलो संख्यामा विद्यार्थी ननग्रेडेड हुनु शिक्षाको गुणस्तर, नियमित पठनपाठन तथा शैक्षिक व्यवस्थापनमाथि प्रश्न उठाउने आधार बनेको छ।
शिक्षक अभाव, विद्यार्थीको कमजोर आधारभूत सिकाइ, अभिभावकको कम चासो तथा शैक्षिक पूर्वाधारको कमीका कारण नतिजा प्रभावित भएको स्थानीय शिक्षा सरोकारवालाहरू बताउँछन्।
शिक्षा क्षेत्रका जानकारहरूले नगरपालिकाले विद्यालय अनुगमन, शिक्षक व्यवस्थापन र अतिरिक्त शैक्षिक कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बालअधिकारमैत्री पत्रकारितामा जोड
राष्ट्रिय

बालअधिकारमैत्री पत्रकारितामा जोड

प्रकाशित : २०८३ जेष्ठ ४,सोमबार
गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०८३ जेष्ठ ४,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद