Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

‘तिमी जहाँ भए पनि हाम्रो हृदयमा रहनेछौ’ भन्दै बिपिएस कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई बिदाइ

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ जेष्ठ १,शुक्रबार
A A
4
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — वीरगञ्ज महानगरपालिका–९, रानिघाटस्थित बिपिएस कलेजले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई भावपूर्ण वातावरणमा बिदाइ गरेको छ । “तिमी जहाँ भए पनि बिदाइ छैन, तिमी हाम्रो हृदयमा रहनेछौ” भन्ने नारासहित आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकबीच भावनात्मक माहोल बनेको थियो ।

होटेल भिश्वामा आयोजित कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरूले कक्षा १२ का विद्यार्थीलाई सम्मान, शुभकामना तथा मायाको चिनो प्रदान गर्दै बिदाइ गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूले आफ्ना अनुभव, सम्झना तथा भविष्यका योजनाबारे मन्तव्य राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश प्रहरी कार्यालय पर्साका प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० शान्तिराज कोइरालाले विद्यार्थी जीवन अनुशासन, मेहनत र लक्ष्यप्रतिको प्रतिबद्धताबाट सफल बन्न सकिने बताए । उनले विद्यार्थीलाई सकारात्मक सोच, उच्च नैतिकता र समाजप्रति उत्तरदायी भावना राख्दै अघि बढ्न सुझाव दिए ।

“आजका युवा नै भोलिको देशको भविष्य हुन् । त्यसैले अध्ययनसँगै चरित्र निर्माणमा पनि विशेष ध्यान दिन आवश्यक छ,” उनले भने, “विद्यालय र कलेजले विद्यार्थीलाई केवल शैक्षिक ज्ञान मात्र नभई असल नागरिक बन्ने संस्कार पनि दिनुपर्छ ।”

उनले बिपिएस कलेजका विद्यार्थीलाई कलेजको ऐना भएको उल्लेख गर्दै भविष्यमा सफलता हासिल गरेर कलेज तथा अभिभावकको नाम उच्च राख्न आग्रह गरे ।

कलेजका एकेडेमिक डाइरेक्टर दीपक पटेलले बिदाइ हुने विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै कलेजले गुणस्तरीय शिक्षा र अनुशासित वातावरण प्रदान गर्न निरन्तर प्रयास गरिरहेको बताए । उनले विद्यार्थीलाई आत्मविश्वासका साथ जीवनका हरेक क्षेत्रमा अघि बढ्न प्रेरित गर्दै कलेजले भविष्यमा पनि विद्यार्थीको सफलताका लागि सहकार्य जारी राख्ने बताए ।

कार्यक्रममा कलेजका डाइरेक्टर सन्दीप कुशवाहा, प्रिन्सिपल प्रभात मेहता, लालबाबु चौरसिया, हरिन्द्र कुशवाहा, विशेष द्विवेदी, दिपेन्द्र कानु, दिपक खत्री, शुभम तुल्स्यान, रेश्मा पटेल, सदीक्षा सुवेदी, अंगद यादवलगायत शिक्षक तथा कर्मचारीको उपस्थिति रहेको थियो । साथै विभिन्न कलेजका शिक्षक, सञ्चारकर्मी तथा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वलाई कलेजको तर्फबाट सम्मान गरिएको थियो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि एसएसपी कोइराला तथा कलेजका डाइरेक्टरहरूले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी गरेका थिए । कार्यक्रम बिपिएस कलेजका एकेडेमिक डाइरेक्टर दीपक पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

बिदाइ कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य, गीत–संगीत तथा नाटकले उपस्थित अतिथि, शिक्षक तथा विद्यार्थीहरूको मन जितेको थियो । सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई थप आकर्षक र भावनात्मक बनाएको सहभागीहरूले बताएका छन् ।

कार्यक्रमको अन्त्यमा कक्षा १२ का विद्यार्थीहरूले कलेजमा बिताएका अविस्मरणीय क्षण सम्झँदै शिक्षक तथा साथीहरूप्रति आभार व्यक्त गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बालअधिकारमैत्री पत्रकारितामा जोड
राष्ट्रिय

बालअधिकारमैत्री पत्रकारितामा जोड

प्रकाशित : २०८३ जेष्ठ १,शुक्रबार
गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०८३ जेष्ठ १,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद