Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मालपोत कार्यालय पोखरिया : ८ करोडभन्दा बढी राजश्व, सेवा सुधारले सेवाग्राही सन्तुष्ट

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ चैत्र ९,सोमबार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

पर्सा । आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत मालपोत कार्यालय पोखरियाले हालसम्म उल्लेखनीय राजश्व संकलन गर्दै सेवा प्रवाहमा समेत प्रभावकारी सुधार गरेको जनाएको छ। कार्यालयका अनुसार २०८२ /०१/०१ देखि २०८२/१२/०८ गतेसम्म कुल ८ करोड १६ लाख ४९ हजार २६८ रुपैयाँ राजश्व संकलन भएको छ।

उक्त अवधिमा दृष्टिबन्धक लिखत पारित संख्या १ हजार १६९ र राजीनामा लिखत पारित संख्या १ हजार ९८२ पुगेको छ। यसरी कुल ३ हजार १५१ लिखत पारित भई सो बराबरको राजश्व संकलन भएको कार्यालयले जनाएको छ।

त्यसैगरी मुदाफाँटतर्फ जग्गा नामसारी ३००, दर्ता–खारेज (दा–खा) २१०, हालसाबिक १८०, संशोधन २० र फैसला ५ गरी जम्मा ७१५ वटा कार्य सम्पन्न भएका छन्। यसबाट ३६ लाख २१ हजार १४८ रुपैयाँ राजश्व संकलन भएको छ।

कार्यालयले लामो समयदेखि अवरुद्ध रहेको नगर विकास आयोजनाअन्तर्गतको जग्गा विवाद समाधान गरी सम्बन्धित जग्गाधनी किसानलाई जग्गा फिर्ता गर्ने प्रक्रिया पनि अघि बढाएको जनाएको छ। पर्साको कालिकामाई गाउँपालिका–४ प्रसौरामपुर निवासी शम्भु साहले कार्यालयप्रति सन्तुष्टि व्यक्त गर्दै सेवा सहज र प्रभावकारी बनेको बताएका छन्।

यस्तै पोखरिया नगरपालिका–१ का स्थानीय तथा उपभोक्ता समिति अध्यक्ष राजु बाबु गिरीले पछिल्लो समय कार्यालयको कार्यशैलीमा व्यापक सुधार आएको उल्लेख गर्दै सेवाग्राहीमैत्री वातावरण विकास भएको बताए। पकाहा मैनपुर गाउँपालिका–१ का वन कृष दासले मालपोत कार्यालयमा बिचौलियाको प्रभाव घटेको र काम पारदर्शी ढंगले हुने गरेको प्रतिक्रिया दिएका छन्।

त्यसैगरी पोखरिया नगरपालिका–४ का सेवाग्राही आजाद आलमले कार्यालयको सेवाप्रति उच्च सन्तुष्टि व्यक्त गर्दै भने, “पहिला जस्तो झन्झट र ढिलासुस्ती अहिले छैन। काम अत्यन्तै छिटो, व्यवस्थित र पारदर्शी रूपमा भइरहेको छ। कर्मचारीहरू सहयोगी र जिम्मेवार देखिन्छन्।

सेवाग्राहीलाई प्राथमिकतामा राखेर काम हुने गरेको अनुभव भयो, जसले गर्दा आम नागरिकमा कार्यालयप्रति विश्वास बढेको छ।”
मालपोत कार्यालय पोखरियाले सेवाग्राहीलाई सहज, छिटो, पारदर्शी तथा प्रभावकारी सेवा प्रदान गर्न निरन्तर सुधारका प्रयासहरू अघि बढाइरहेको जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
मुख्य समाचार

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रकाशित : २०८२ चैत्र ९,सोमबार
वीरगञ्जमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम सम्पन्न
राष्ट्रिय

वीरगञ्जमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम सम्पन्न

प्रकाशित : २०८२ चैत्र ९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद