फेटा ।
साहस नेपाल र श्री गढ़ीमाई साझेदारी वन उपभोक्ता समूहको संयुक्त आयोजनामा फेटा १, बारा स्थित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ४० जना स्वयंसेवक गरे रक्तदान , जसले स्वास्थ्य सेवामा महत्त्वपूर्ण योगदान पुर्याएका छन्।
कार्यक्रमको उद्घाटन साहस नेपालका अध्यक्ष पुजा कुशवाहा को अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि रामएकबाल प्रसाद तेली, श्री गढ़ीमाई साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष, कार्यक्रमको उद्घाटनमा उपस्थित थिए। यस अवसरमा अन्य महत्वपूर्ण अतिथिहरूको उपस्थिती पनि रहेको थियो, जसमा लालबाबु मुखिया, उपाध्यक्ष( श्री गढ़ीमाई साझेदारी वन उपभोक्ता समूह, दुपेन्द्र श्रेष्ठ, प्रहरी निरीक्षक(ई।प्र।का। प्रसौनी, र सौरभ राज पाण्डेय, प्रमुख( रक्तसंचार केन्द्र, बीरगंज, पर्सा प्रमुख थिए।
कार्यक्रमको संचालन साहस नेपालका संस्थापक अध्यक्ष राजेश प्रसाद कुशवाहा ले गरेका थिए। कार्यक्रममा रक्तदानको महत्त्व र यसको आवश्यकता बारेमा प्रकाश पार्दै, सहभागीहरूलाई आभार प्रकट गरिएको थियो।
साथै, उपस्थित अतिथिहरूले खुल्ला रक्तदान जस्ता समाजसेवी गतिविधिहरूको महत्वमा जोड दिँदै आगामी दिनहरूमा यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
कार्यक्रमका दौरान उपस्थित सदस्यहरू र रक्तदाताहरूको योगदानले यस सामाजिक कार्यमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।



