Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

वीरगञ्जमा प्रहरीद्वारा खुलेआम घुस माग र धम्की : व्यापारीहरू आक्रोशित, एक जना प्रहरीको कारण सिंगो संगठन बदनाम

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ आश्विन १०,शुक्रबार
A A
8
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज। वीरगञ्ज बसपार्क चौकीका सहायक निरीक्षक धिरेन्द्र तपलियामाथि व्यापारीसँग खुलेआम घुस मागेको र धम्की दिएको गम्भीर आरोप लागेको छ। व्यापारीहरूले दसैं खर्च नदिएको कारण आफूलाई दादागिरी शैलीमा फसाइदिने, उठाएर लग्ने धम्की दिएको सार्वजनिक रूपमा गुनासो गरेका छन्।

पीडित व्यवसायीका अनुसार, धम्की दिने क्रममा भिडियो प्रमाण समेत सुरक्षित गरिएको छ। “नदीदा डोन पारामा ल्याएर फसाइदिने, सटर तानेर जबर्जस्ती बाहिर निकाल्ने, मानिसलाई हात हालेर अपमान गर्ने जस्ता कार्य भएको छ,” एक व्यापारीले बताएका छन्। व्यापारीहरूले जोड दिएका छन्, “एक जना कर्मचारीको कारण सिंगो प्रहरी संगठन बदनाम हुने अवस्था आएको छ। यस्तो चरित्रविहीन गतिविधि तत्काल छानबिन हुनुपर्छ।”

व्यवसायीहरूले आरोप लगाएका छन् कि वीरगञ्ज बसपार्क क्षेत्रमा सञ्चालित होटल–रेस्टुरेन्ट र रक्सी पसलहरू प्रहरीकै संरक्षणमा राति अबेरसम्म सञ्चालन हुने गरेका छन्। उनीहरूको भनाइअनुसार, केही होटलमा प्रहरी कर्मचारी स्वयं सुत्ने गरेका कारण ती होटलहरू राति १२ देखि १ बजेसम्म खुलेआम सञ्चालन भइरहेका छन्। सोही होटलहरूमा अनैतिक गतिविधि र यौन धन्दा समेत चल्ने गरेको र त्यसलाई समेत प्रहरी संरक्षण दिइएको गुनासो व्यापारीहरूले गरेका छन्।

यसको विपरीत, दिनभर पसल खोलेर जीविका चलाउने साना व्यापारीहरूलाई भने प्रहरी कर्मचारीले बारम्बार सिपाही पठाई असुली गर्ने गरेको उनीहरूको आरोप छ। पैसा नदिने व्यापारीलाई विभिन्न बहानामा फसाउने, समातेर लैजाने धम्की दिने कार्य भइरहेको प्रमाणस्वरूप भिडियोसमेत फेला परेको व्यापारीहरूले दाबी गरेका छन्।
साना व्यापारीहरूले प्रहरी प्रशासनमाथि प्रश्न उठाउँदै भनेका छन्, “ठूला होटल र रक्सी पसललाई मात्र हैन, अनैतिक धन्दा गर्नेहरूलाई समेत सुरक्षा दिने तर गरीब व्यापारीलाई धम्की दिएर असुली गर्ने कार्य तत्काल बन्द हुनुपर्छ।” व्यवसायी र स्थानीय बासिन्दाले सम्बन्धित निकायलाई घटनाबारे गम्भीर ध्यान दिन र दोषीलाई तत्काल कारबाही गर्न माग गरेका छन्। सभार वीरगंज संजाल

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८२ आश्विन १०,शुक्रबार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८२ आश्विन १०,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद