सर्लाही — सर्लाही जिल्ला अन्तर्गत इलाका प्रहरी कार्यालय कर्मैयाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक (सई) सुभाष यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले बेस्ट पुलिस अफ द मन्थ’ को सम्मान प्रदान गरेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, असार महिनाभरि अपराध नियन्त्रण, अनुसन्धान, सीमावर्ती अपराध नियन्त्रण, मानव उद्धार, लागूऔषध नियन्त्रण लगायतका क्षेत्रमा उल्लेखनीय कार्य गरेकाले यादवलाई उत्कृष्ट प्रहरी घोषित गरिएको हो।
यादवले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गर्दै व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कार्य गरेकाले यो पुरस्कार प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले बताए । सई यादवको नेतृत्वमा भारतको बिहार राज्य अन्तर्गत सोनबर्षा थानासँग समन्वय गरी नक्कली नेपाली रुपैयाँ रु १००० दरले १७६ थानसहित ५ जना तथा थप २० थान नक्कली नोट, १ नलकटुवा पेस्तोल र १० राउण्ड गोलीसहित २ जना भारतीय नागरिक पक्राउ गरिए । भारतको बसतपुरमा बन्धक बनाइएका बागमती नगरपालिका–१० का १८ वर्षीय शेख जयसलाई सकुशल उद्धार गरियो।
लागूऔषध नियन्त्रण
१० किलो गाँजासहित २ जना पक्राउ
Winrex 100 ml औषधिसहित मोहन खत्री र उनकी पत्नी पक्राउ
घरमै गाँजा प्याक गरेर बिक्री गर्दै गरेको अवस्थामा १६ किलो गाँजासहित मानबहादुर पक्राउ
राजस्व छली नियन्त्रण
करिब रु ४ करोड ३६ लाख बराबरका अवैध सामग्री ९कबाड, लहसुन, इलेक्ट्रोनिक्स, हार्डवेयर, सुपारी, औषधि आदि० सहित १० ट्रक पथलैया भन्सार पठाइएको।
काजु तस्करी नियन्त्रण
भुसमा लुकाई दुबई लैजान लागिएको ८२० केजी काजु, ट्रक र चालकसहित नियन्त्रणमा लिइएर पथलैया राजश्व कार्यालयमा बुझाइएको।
बाल उद्धार तथा मानव अधिकारको चासो
भारतबाट हालसम्म २९ जना बालबालिकाको उद्धार, जसमध्ये असार महिनामा मात्र ४ जना तत्काल उद्धार गरी नेपाल ल्याइएको।
फरार अभियुक्त पक्राउ
जघन्य अपराधमा फरार रहेका १८२ जना प्रतिवादीलाई पक्राउ गरी अदालती प्रक्रिया अघि बढाइएको।
लैङ्गिक संवेदनशीलता र सामाजिक उत्तरदायित्व
घरेलु हिंसा, बालबालिका हराउने घटनाहरू, र ठाडो उजुरीसम्बन्धी विषयहरूमा संवेदनशील ढंगले कार्य गरी प्रहरी संगठनको छवि उच्च राख्ने कार्यमा सफल।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशंसा
गत वर्ष यादवलाई तत्कालीन आईजीपी बसन्तबहादुर कुँवरले ‘उत्कृष्ट अनुसन्धानकर्ता’ को उपाधि प्रदान गरेका थिए। उनको कार्यशैली र सफल अनुसन्धान अभियानहरूले भारतको चर्चित दैनिक भास्कर न्यूजु लगायत मिडियाहरूमा पनि प्रशंसा पाएका छन्।
प्रहरी संगठनको गर्वस् प्रमुखको प्रशंसा
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख योगेन्द्र खड्काले सई यादवको इमान्दारिता, सक्रियता, र समाजप्रतिको उत्तरदायित्वलाई उच्च मूल्यांकन गर्दै ‘बेस्ट पुलिस अफ द मन्थ’को सिफारिस गरेका थिए।




