Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्जमा मोहर्रमको ‘ताजिया’ शान्तिपूर्ण मनाउन ६ बुँदे निर्णय, सुरक्षा संयन्त्र कडा

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार १९,बिहीबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्जमा यहि असार २२ गते मुस्लिम धर्मावलम्मबीहरुको पर्व मोहर्रमा निकालिने ‘ताजिया’ अर्थात ‘दाहा’लाई शान्तिपूर्र्ण रुपमा सम्पन्न गराउने उदेश्यले बिहीबार वीरगन्ज महानगरका मेयर, जिल्लाका सुरक्षा निकायका प्रमुख र मुस्लिम अगुवाहरुबीच आज छलफल भएको छ ।

वीरगन्ज महानगरका मेयर राजेशमान सिंहको कार्यकक्षमा मेयर राजेशमान सिंहको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयको विशेष उपस्थितीमा भएको छलफलमा ‘ताजिया’ अर्थात ‘दाहा’लाई लक्षित गरि विभिन्न ६ बुँदे निर्णयहरु गरिएको छ ।

बैठकले असार २२ गते आइतबार परेको ‘ताजिया’ अर्थात ‘दाहा’ का दिन वीरगन्जका विभिन्न वडाबाट निकालिने ताजियालाई घण्टाघरमा जम्मा हुन दिने,प्रत्येक वडाबाट निकालिने ताजियाको लागि संयोजन टोली गठन गरी असार २० गतेभित्र जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउने,ताजिया निकाल्दा हातहतियार र डिजेको प्रयोग पूर्ण रूपमा निषेध गर्ने,बालबालिकालाई ताजियामा सहभागी नगराउने,जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने कुनै पनि गतिविधि नगर्ने रनगराउने ,वीरगन्ज् महानगरका मेयर राजेशमान सिंहको संयोजकत्वमा एक मुस्लिम समुदायका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरू सम्मिलित अनुगमन समिति गठन गर्ने तथा कार्यक्रमको सम्पूर्ण सुरक्षा स्थानीय प्रहरी प्रशासनले गर्ने निर्णय गरेको हो ।

विगतमा गत चैत २८ गते हनुमान जयन्तीको अवसरमा वीरगन्जमा निकालिएको शोभा यात्राका क्रममा भएको तनावपूर्ण अवस्थाको पुनरावृत्ति रोक्न स्थानीय सरकार र सुरक्षा निकायहरू यसपटक गम्भीर र सतर्क देखिएका छन्। धार्मिक सद्भावमा असर पार्ने गतिविधिबाट शिक्षा लिँदै, मुस्लिम समुदायको महत्वपूर्ण पर्व ‘ताजिया’ ९दाहा०लाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले बिहीबार सरोकारवालाहरु छलफल गरिएको हो ।

बिहीबारको बैठकमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी बल नम्बर १३ गण वीरगन्जका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, राष्ट्रिय अनुसन्धान विभाग पर्साका प्रमुख सन्तोष ढुंगेल,वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्न्दलाल कर्ण सहित मुस्लिम समुदायका अगुवाहरूकोपनि सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न
मुख्य समाचार

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न

प्रकाशित : २०८२ असार १९,बिहीबार
नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न

प्रकाशित : २०८२ असार १९,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद