Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्जमा लागूऔषध विरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार १९,बिहीबार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज — लागुऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्ध वीरगन्ज–४ मा अवस्थित कन्या स्कुलमा एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम आमा नेपाल फाउन्डेसन पर्साले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा आयोजना गरेको हो।

कार्यक्रममा फाउन्डेसनकी अध्यक्ष प्रमिता मानन्धरको अध्यक्षता र महानगरकी प्रथम महिला समाजसेवी एवं विद्यालयकी शिक्षिका अन्नपूर्णा मानन्धरको प्रमुख आतिथ्य रहेको थियो।

विशिष्ट अतिथिका रूपमा वडासदस्य शर्मा सरभङ्ग, विद्यालयकी प्रधानाध्यापक अनिता साह, नगवा प्रहरी चौकीका प्रमुख एवं प्रशिक्षक प्रनानी अजय कुमार राम, युवा समाजसेवी सन्तोष कुमार श्रेष्ठ, तथा विद्यालयका शिक्षकहरू र कक्षा ९ का करिब ७० जना विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रनानी रामले लागुऔषधको प्रकार, प्रभाव र कानुनी पाटोबारे विस्तृत जानकारी दिँदै वृतचित्र, फोटो र नाराहरूको माध्यमबाट प्रशिक्षण दिएका थिए। उनले लागुऔषध सेवनले शारीरिक, मानसिक, सामाजिक तथा आर्थिक रूपमा व्यक्ति र परिवारलाई कसरी तहसनहस पार्दछ भन्ने विषयमा सचेत गराए।

प्रमुख अतिथि अन्नपूर्णा मानन्धरले नशाले घर–परिवारको विनाश गर्ने भएकाले यस्तो बानीबाट टाढा रहन आग्रह गरिन्। उनले विद्यार्थीहरूलाई ूआज सिकेका कुरा आफूमा लागू गर्नुका साथै अरूलाई पनि बाँड्नुहोस्ू भन्ने सन्देश दिइन्।

प्रधानाध्यापक अनिता साहले लागूऔषधले बुद्धि नष्ट गरि जीवन नर्क बनाउने भन्दै विद्यार्थीहरूलाई सजग हुन अनुरोध गरिन्। उनले विद्यालयमा यस्ता कार्यक्रम आवश्यक रहेको बताउँदै आयोजक, प्रहरी तथा सहभागी सबैलाई धन्यवाद व्यक्त गरिन्।

वडासदस्य शर्माले लागूऔषधले समाजलाई भित्रैदेखि खोक्रो बनाउने भएकाले सुरुवातमै रोकथाम गर्नुपर्नेमा जोड दिए। उनले स्कुल वरिपरि चुरोट, गुटखा जस्ता पदार्थको बिक्री वितरण पूर्ण रूपमा प्रतिबन्ध गर्नुपर्ने सुझाव पनि दिए।

कार्यक्रमले विद्यार्थीहरूमा लागूऔषधबारे चेतना फैलाउनुका साथै समाजमा यसविरुद्ध सामूहिक रूपमा आवाज उठाउनुपर्ने आवश्यकता पनि औंल्याएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
मुख्य समाचार

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रकाशित : २०८२ असार १९,बिहीबार
वीरगञ्जमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम सम्पन्न
राष्ट्रिय

वीरगञ्जमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम सम्पन्न

प्रकाशित : २०८२ असार १९,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद