Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा २८ लाखभन्दा बढी हुण्डी रकमसहित तीन जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार १७,मंगलवार
A A
3
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज— पर्सा प्रहरीले स्रोत नखुलेको करिब रु। २८ लाख २८ हजार बराबरको हुण्डी रकमसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार, हुण्डी कारोबारसम्बन्धी प्राप्त गोप्य सूचनाका आधारमा विशेष टोली परिचालन गरी रकमसहित तीन जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकामाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १२५९क० बमोजिम कारबाही अगाडि बढाइएको छ। पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा पर्साको पकहामैनपुर गाउँपालिका–२ बस्ने २६ वर्षीय अनिल कुमार वर्णवाल, वीरगन्ज महानगरपालिका–३ आदर्शटोल बस्ने २३ वर्षीय बिनित कुमार श्रीवास्तव र बाराको परवानीपुर गाउँपालिका–४ बस्ने ४४ वर्षीय दिपक कुमार सोनार रहेका छन्।

प्रहरीले अनिल कुमार वर्णवाललाई वीरगन्ज महानगरपालिका–१० मकालु चोकबाट ९ लाख ४७ हजार रुपैयाँसहित पक्राउ गरेको हो। यस्तै, बिनित कुमार श्रीवास्तवलाई वीरगन्ज महानगरपालिका–८ कृषि विकास बैंक लिंकरोडबाट १५ लाख ८१ हजार रुपैयाँसहित नियन्त्रणमा लिइएको छ।

बाराका दिपक कुमार सोनारलाई भने वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट ना।१६ प २३२८ नम्बरको मोटरसाइकलमा सवार रहेका बेला ३ लाख रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कुल २८ लाख २८ हजार रुपैयाँ स्रोत नखुलेको रकम बरामद गरिएको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी किशोर लम्सालले जानकारी दिए। पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखि मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ ९क० बमोजिम ९हुण्डी सम्बन्धी कारोबार गर्न नहुने० कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८२ असार १७,मंगलवार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८२ असार १७,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद