Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

पर्सामा पत्रकारका लागि पूँजी बजारसम्बन्धी तालिम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार १२,बिहीबार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज – नेपाल धितोपत्र बोर्डको आयोजनामा र नेपाल पत्रकार महासंघ पर्साको सहजीकरणमा मधेश प्रदेशका आर्थिक पत्रकारहरूका लागि एक दिने पूँजी बजारसम्बन्धी प्रशिक्षण कार्यक्रम वीरगन्जमा सम्पन्न भएको छ।

बिहीबार क्लासिक बैंक्वेट होटलमा आयोजित तालिममा सहभागी पत्रकारहरूले सेयर कारोबार, धितोपत्र बजारको संरचना, दोस्रो बजार, क्लियरिङ प्रणाली लगायत पूँजी बजारका विविध पक्षहरूबारे ज्ञान प्राप्त गरेका छन्।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछानेले पत्रकारिता मार्फत पूँजी बजारको पारदर्शिता तथा लगानीकर्ताको सचेतना अभिवृद्धिमा उल्लेखनीय भूमिका खेल्न सकिने बताए। उनले तथ्यमा आधारित आर्थिक समाचार लेखनमा ध्यान दिनुपर्नेमा विशेष जोड दिए।

नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जाराले पत्रकारले पनि सेयर बजारप्रति चासो राख्नुपर्ने समय आएको बताउँदै, ूआय स्रोत सीमित हुँदै गइरहेका बेला शेयर बजार पत्रकारका लागि पनि एउटा सम्भावनायुक्त विकल्प बन्न सक्छ,ू भने।

कार्यक्रमको अध्यक्षता गरिरहेका नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले आर्थिक पत्रकारिताको स्तर उकास्न यस्ता तालिम आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण प्रसाद शमाले धितोपत्र बजारको संरचना, नियमन प्रणाली र बोर्डको भूमिका स्पष्ट पारे। त्यसैगरी नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० का मिलन मगर र सिडिएस एण्ड क्लियरिङ लिमिटेड की रश्मी तिवारीले सेयर कारोबार प्रणाली र क्लियरिङ्ग प्रक्रियाका प्राविधिक पक्षहरूबारे जानकारी गराए।

तालिममा सहभागी पत्रकारहरूले कार्यक्रम उपयोगी भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले भविष्यमा अझ प्राविधिक र व्यावसायिक सीप अभिवृद्धि हुने खालका तालिमहरूको आवश्यकता रहेको धारणा राखे।

कार्यक्रमको सञ्चालन विपिन ओझाले गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८२ असार १२,बिहीबार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८२ असार १२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद