Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

११ महिनामा वीरगन्ज नाकाबाट १ खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात, राजस्व संकलनमा उल्लेखनीय वृद्धि

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार ८,आईतवार
A A
old file photo

old file photo

2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज — चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म वीरगन्ज नाका हुँदै कुल १ खर्ब ७४ अर्ब ९ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। डिजेल, पेट्रोल, एलपिजी ग्यास, एभिएसन टर्बाइन फ्युल ९एटीएफ० र मट्टितेलजस्ता पाँच थरिका पेट्रोलियम पदार्थको आयात गरिएको वीरगन्ज भन्सार कार्यालयले जानकारी दिएको छ।

गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा मूल्यका हिसाबले पेट्रोलियम आयात १ अर्ब ६ करोडले घटेको भए पनि राजस्व संकलन भने उल्लेख्य रूपमा ११।६६ प्रतिशतले बढेको देखिएको छ। यसवर्ष उक्त वस्तुहरूबाट ७३ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन गरिएको छ, जुन गत वर्षको तुलनामा ७ अर्ब ६४ करोड रुपैयाँले बढी हो।

डिजेलको प्रमुख हिस्सा

भन्सार प्रमुख दीपक लामिछानेका अनुसार, पाँच प्रकारका इन्धनमध्ये डिजेलको आयात सबैभन्दा बढी भएको छ। १० लाख ३० हजार २५३ किलोलिटर डिजेल आयातबाट ८९ अर्ब ७६ करोड रुपैयाँको मूल्य कायम गरिएको छ। यो तथ्यगत रूपमा आयातको परिमाणले बढेको देखिए पनि मूल्यगत रूपमा घटेको हो, किनभने अघिल्लो वर्ष ९ लाख २१ हजार २७५ किलोलिटरको मूल्य ९३ अर्ब ६३ करोड रुपैयाँ थियो।

डिजेलबाट मात्रै यसवर्ष ४१ अर्ब ३ करोड रुपैयाँ राजस्व संकलन गरिएको छ, जबकि गत वर्ष त्यही परिमाणको इन्धनबाट ३६ अर्ब ४ करोड राजस्व संकलन भएको थियो।

पेट्रोल र ग्यास आयातमा पनि वृद्धि

११ महिनामा ३५ अर्ब ३४ करोड रुपैयाँ बराबरको ४ लाख १३ हजार ५०४ किलोलिटर पेट्रोल आयात गरिएको छ। यो अघिल्लो वर्षको तुलनामा आयात परिमाणमा वृद्धि भए पनि मूल्य केही घटेको हो। यद्यपि, यसवर्ष पेट्रोलबाट संकलित राजस्व २३ अर्ब ३८ करोड पुगेको छ, जुन गत वर्षको २० अर्ब ७३ करोडभन्दा २ अर्ब ६५ करोडले बढी हो।

एलपिजी ग्यासको आयातमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। २९ करोड १४ लाख किलोग्राम ग्यास आयात भई ३३ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएको छ। ग्यासबाट ६ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १ अर्बभन्दा बढी हो।

राजस्वमा इन्धनकै वर्चस्व

भन्सार प्रमुख लामिछानेका अनुसार, वीरगन्ज भन्सारले चालु आर्थिक वर्षमा सबैभन्दा धेरै राजस्व यिनै पेट्रोलियम वस्तुहरूको आयातबाट संकलन गरेको हो। मूल्यमा अलिकति गिरावट आए पनि राजस्व वृद्धिले इन्धन आयातको करयोग्य आधारबल कत्तिको प्रभावकारी रहेको देखाउँछ।रासस

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८२ असार ८,आईतवार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८२ असार ८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद