Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सामा विद्युत आपूर्तिमा अनियमितता, जनमत पार्टीले नेपाल विद्युतलाई ध्यानाकर्षण पत्र बुझायो

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार ६,शुक्रबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — पर्सा जिल्लामा बढ्दो गर्मी र चर्को तापक्रमबीच विद्युत आपूर्तिमा देखिएको अनियमितता, अत्यधिक पावर कट र भोल्टेज समस्याले जनजीवन थप कष्टकर बनेको भन्दै जनमत पार्टी, पर्सा जिल्ला समन्वय समितिले नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको हस्ताक्षर भएको उक्त पत्रमा हालको विद्युत आपूर्तिको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। पत्रमा भनिएको छ, “गर्मीको तीव्रता बढिरहेको समयमा विद्युत आपूर्तिमा अत्यधिक पावर कट, भोल्टेज समस्या र अनियमितता हुनाले जनजीवन अत्यन्तै कष्टकर बनेको छ।”

ध्यानाकर्षण पत्रमा विद्युत समस्याले केवल घरायसी क्षेत्रमा मात्र नभई खेतीपाती र औद्योगिक क्षेत्रमा समेत गम्भीर असर पुर्‍याएको उल्लेख गरिएको छ। “खेतीपातीको सिँचाइमा समस्या उत्पन्न भएको छ भने उद्योगहरू समेत ठप्प हुने स्थिति आएको छ,” पत्रमा भनिएको छ।

जनमत पार्टीले विद्युत आपूर्तिमा तत्काल सुधार नआएमा चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ र समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरणलाई यथाशीघ्र आवश्यक कदम चाल्न आग्रह गरेको छ।

यस ध्यानाकर्षण टोलीमा अध्यक्ष ओमप्रकाश सरार्फसँगै केन्द्रीय नेतृ रम्भा मिश्र, नजमा खातुन, महानगर अध्यक्ष महादेव शर्मा, उपाध्यक्ष केदार पटेल, नगर सचिव लोकेश कर्ण, जिल्ला सदस्यहरू नागेन्द्र यादव, ध्रुप महतो, महानगर युवा संयोजक संजय सिंह, युवा नेताहरू धिरेन्द्र पन्जियार, सिकेन्द्र राम, मुना चौधरी र नितिम गिरि लगायतको सहभागिता रहेको थियो।

ध्यानाकर्षण पत्रको प्रतिलिपि नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालय, काठमाडौंमा पनि पठाइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०८२ असार ६,शुक्रबार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८२ असार ६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद