Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

शिलान्यास मोह! म्याद सकिएको सडकको ‘तामझाम’सहित शिलान्यास गरेका सांसद ज्वाला साह

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार १,आईतवार
A A
11
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter

बारा — जीतपुरसिमरा उपमहानगरपालिकाले म्याद सकिएको सडकको शिलान्यास गरिएको घटना अहिले समाजिक सञ्जालमा भाइरल भएको छ।

संघीय सरकारको ५० लाख रुपैयाँ बजेटमा २८ लाखमा ठेक्का पाएको ए.भी.सी. कन्स्ट्रक्सन एण्ड बिल्डर्स प्रा.लि.ले २०७८ बैशाख १२ गते सम्झौता गरी २०८२ जेठ २८ गतेभित्र काम सम्पन्न गर्ने गरी काम लिएको थियो। तर, काम सम्पन्न गर्ने म्याद सकिएको तीन दिनपछि, जेठ ३१ गते शनिबार, बारा क्षेत्र नम्बर ३ का माननीय सांसद ज्वाला साहले धुमधामसहित शिलान्यास गरे।

योजना बोर्डमै स्पष्ट रूपमा “सम्पन्न हुने मिति: २०८२ जेठ २८” उल्लेख हुँदा पनि त्यसपछि शिलान्यास गरिनु शिलान्यास मोहको पराकाष्ठा हो भन्ने टिप्पणीहरू व्यापक रूपमा फैलिएका छन्।

सम्झौताअनुसारको कार्यसम्पादन म्याद नहेरी, जनताको आँखामा धुलो हाल्ने शैलीमा शिलान्यास कार्यक्रम गर्नुले सांसद साहको नियतमै प्रश्न उठेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले लेखेका छन् — “पहिले काम सकियोस्, पछि उद्घाटन होस्। म्यादपछिको शिलान्यास भनेको के हो ?”

सामान्यतया काम सुरु हुनुअघि शिलान्यास गरिने प्रचलन भए पनि, यस घटनाले देखाएको छ — राजनीतिमा ‘फोटो खिचाइ’ र ‘श्रेय लिने’ होड अझै कायम छ। साभार पिएस खबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगन्जमा २४ औं महिनाको निःशुल्क भोजन कार्यक्रम सम्पन्न
धर्म

वीरगन्जमा २४ औं महिनाको निःशुल्क भोजन कार्यक्रम सम्पन्न

प्रकाशित : २०८२ असार १,आईतवार
वीरगन्ज आईसीपीबाट ट्रकसँग अवैध ‘ढाट’ असुली रोक्न निर्देशन, कार्यान्वयनमा ढिलाइ
आर्थिक

वीरगन्ज आईसीपीबाट ट्रकसँग अवैध ‘ढाट’ असुली रोक्न निर्देशन, कार्यान्वयनमा ढिलाइ

प्रकाशित : २०८२ असार १,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद