Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सिलाई मेशिन सहयोगद्वारा महिलाको सशक्तिकरणतर्फ एक कदम

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ ३१,शनिबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज — महिलाको आर्थिक आत्मनिर्भरता र सशक्तिकरणतर्फ एक सकारात्मक कदमका रूपमा कर्ण कायस्थ महिला समाज वीरगन्जले दुई जना महिलालाई सिलाई मेशिन हस्तान्तरण गरेको छ।

शनिबार वीरगन्ज–१ स्थित शिशोबारीमा आयोजित एक सानो तर भावनात्मक कार्यक्रममा समाजको तर्फबाट चित्रगुप्त समिति वीरगन्जका अध्यक्ष महेश दासले कल्पना कुमारी र सुलोचना देवीलाई एक–एक थान सिलाई मेशिन प्रदान गरे।

कार्यक्रमको अध्यक्षता समाजकी अध्यक्ष सविता कर्णले गरेकी थिइन् भने प्रमुख अतिथिका रूपमा उपस्थित महिला समाजकी केन्द्रीय अध्यक्ष पुनम दासले स्वरोजगार र महिला सशक्तिकरणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा आयमूलक तालिमहरू संचालन गर्ने योजना रहेको जानकारी दिइन्।

युवा समिति शिशोबारीका प्रतिनिधि राजिव कुमार कर्णले महिलालाई आत्मनिर्भर बनाउन यस्ता पहल आवश्यक रहेको भन्दै उद्यमशीलताको प्रवर्धनमा सबैले सघाउनुपर्नेमा जोड दिए।

स्थानीयस्तरमै गरिएको यस्तो सानो सहयोगले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने उदाहरण बनेको यो कार्यक्रमले सहभागीहरूलाई ऊर्जा र आशाको संचार गराएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०८२ जेष्ठ ३१,शनिबार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८२ जेष्ठ ३१,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद