Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मुख्यमन्त्री सिंहसँग एडीबी टोलीको भेट, मधेश प्रदेशमा पिएफएम मूल्यांकन अन्तिम चरणमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ २२,बिहीबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम, २२ जेठ — मधेश प्रदेश सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन (Public Financial Management – PFM) मूल्यांकनको प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ। एशियन डेभलपमेन्ट बैंक (ADB) को प्राविधिक सहयोगमा स्वमूल्यांकन विधिबाट अगाडि बढाइएको यो प्रक्रिया बजेटको पारदर्शिता, उत्तरदायित्व र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न महत्त्वपूर्ण मानिएको छ।

बिहीबार एडीबी निर्देशक श्रीनिवासन जर्नादनमको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले मुख्यमन्त्री सतिश कुमार सिंहसँग मुख्यमन्त्री कार्यालय जनकपुरधाममा भेट गरी मूल्यांकनको प्रगतिबारे जानकारी गराएको हो।

छलफलमा हालसम्मको मूल्यांकन प्रक्रिया, प्राप्त नतिजा तथा आगामी सुधार कार्ययोजनाबारे विस्तृत विचारविमर्श भएको थियो। उक्त अवसरमा प्रदेश सरकारका प्रमुख सचिव मदन भुजेल, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन प्रसाद साह, एडीबीका वरिष्ठ अधिकृत जुलिका र कृष्ण पाठकको उपस्थिति रहेको थियो।

मधेश प्रदेश सरकारले सार्वजनिक वित्तीय प्रणालीलाई पारदर्शी, जवाफदेही र दिगो बनाउने उद्देश्यका साथ पिएफएम मूल्यांकनलाई प्राथमिकतामा राख्दै आएको छ। एडीबी प्रतिनिधिमण्डलका अनुसार नेपालमा गण्डकी प्रदेशपछि मधेश प्रदेशले यो प्रक्रिया सम्पन्न गर्न लागेको दोस्रो प्रदेश बन्नेछ।

सार्वजनिक वित्तीय प्रणालीमा सुधारका लागि प्रदेश सरकार र एडीबीबीचको सहकार्यले स्थानीय सरकारको संस्थागत क्षमता अभिवृद्धि, वित्तीय अनुशासन तथा बजेटको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०८२ जेष्ठ २२,बिहीबार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८२ जेष्ठ २२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद