Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगंज–१७ अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको शिलान्यास, धार्मिक सहिष्णुता र सामाजिक सद्भावको सन्देश

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ १७,शनिबार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज — वीरगंज महानगरपालिका वडा नं. १७ अन्तर्गत अलौंस्थित मुस्लिम समुदायको कब्रगाहमा करिब ५० लाख रुपैयाँ लागतमा निर्माण हुने वाउन्ड्रीवालको महानगर प्रमुख राजेशमान सिंहले शिलान्यास गर्नुभएको छ।

शिलान्यास कार्यक्रममा प्रमुख सिंहले वीरगंजको धार्मिक र जातीय विविधतालाई समेट्ने साझा सहरको परिकल्पना प्रस्तुत गर्दै, “कब्रगाहको संरचना निर्माण धार्मिक सम्मान र सामाजिक उत्तरदायित्वको संकेत हो, यो केवल भौतिक विकास होइन,” भनी स्पष्ट पार्नुभयो।

उहाँले विगतमा अतिक्रमण, फोहोर र असुरक्षाबाट प्रभावित रहेको कब्रगाह पर्खाल निर्माणपछि व्यवस्थित हुने विश्वास व्यक्त गर्दै महानगर धार्मिक सहिष्णुता र सामाजिक समावेशीतामा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा योजना प्रमुख अवधेश कुश्वाहा, प्राविधिक सल्लाहकार प्रकाशमान अमात्य, इन्जिनियर प्रकाश अधिकारी लगायत स्थानीय मुस्लिम समुदायका अगुवा र नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्थानिय बासिन्दाहरूले महानगरको पहललाई स्वागत गर्दै यसले धार्मिक संरचनाको संरक्षणसँगै सामाजिक एकता र सहकार्यलाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८२ जेष्ठ १७,शनिबार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८२ जेष्ठ १७,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद