Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

३ महिला सहित २६ जनाले गरे रक्तदान

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ ६,मंगलवार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । महालक्ष्मी विकास बैंकले आफ्नो ३१ औं वार्षिकोत्सवको अवसरमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मंगलवार वीरगन्जको श्रीपुर शाखा (मुर्ली) प्राङ्गणमा सम्पन्न कार्यक्रममा ३ महिला सहित २६ जनाले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रममा सन्जु श्रेष्ठ, तब्बसुम खातुन, मुस्कान साह, चन्द्रशेखर पंडित, सुदीप चन्द्र पोखरेल, सदाम अन्सारी, बिरेन्द्र प्रसाद हजाम, शिव जी यादव, ओम प्रसाद पटेल, नाजिर हुसैन, शिवनन्दन प्रसाद चौहान, विशाल साह कानु, विवेक ठाकुर लगायतले रक्तदान गरेका थिए ।

कार्यक्रमको अध्यक्षता श्रीपुर शाखाका प्रबन्धक ललन साह कानु गरेका थिए भने प्रमुख अतिथि बैंकका डाइरेक्टर तथा समाजसेवी श्यामसुन्दर रुङटाले मन्तव्य राख्दै भने रक्तदानलाई ‘जीवनदान’ भन्दै मानवताको साँचो सेवा भनेर व्याख्या गरे । जात, धर्म, वर्ग नहेरी गरिने सो कार्य सबैका लागि उदाहरणीय हुने उल्लेख गर्दै उनले रक्तदाताप्रति आभार व्यक्त गरेका थिए । अध्यक्ष ललन साह कानुले बैंकले प्रत्येक वार्षिकोत्सवमा रक्तदान कार्यक्रमलाई प्राथमिकताका साथ राख्ने जानकारी गराउँदै, यस् वर्ष पनि देशव्यापी रुपमा कार्यक्रम सञ्चालन भइरहेको बताए ।

मधेश प्रदेश प्रमुख सुदीप चन्द्र पोखरेलले बैंकको सामाजिक उत्तरदायित्वअनुसार रक्तदान कार्यक्रमलाई महत्वपूर्ण मानिएको भन्दै, साताव्यापी विविध कार्यक्रमअन्तर्गत वीरगन्ज शाखाबाट रक्तदान अभियानको आयोजना गरिएको बताए । उनले सम्पूर्ण सहभागी, रक्तदाता र सहयोगीलाई धन्यवाद ज्ञापन गर्दै शुभकामना व्यक्त गरे ।
कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक जितेन्द्र कुशवाहाको नेतृत्वमा स्वयंसेवक टोलीले रक्तदाताहरूलाई सहयोग गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८२ जेष्ठ ६,मंगलवार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८२ जेष्ठ ६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद