Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home धर्म

अपराधिक प्रवृत्ति र मानसिकताका व्याक्तिलाई कारबाही गर्न नेजपाको माग

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ बैशाख ३,बुधबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,३बैशाख । नेपाल जनता पार्टीले वीरगन्जमा धार्मिक सद्भाव बिथोलेर वीरगन्जलाई नै बदनाम गराउन खोज्ने अराजक तत्वहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासनसंग माग गरेको छ ।

बुधबार पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाउँदै नेपाल जनता पार्टीले उक्त माग गरेको हो । साथै गत शनिबार वीरगन्जमा हनुमान जन्मोत्सवको शोभा यात्रामा आक्रमण गर्ने समूहलाई कारबाही गर्नपनि माग गरेको छ ।

प्रजिअ अर्याललाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ– हिन्दूहरुको प्रमुख आस्था केन्द्र भगवान् हनुमानको पावन शोभा यात्राको दिन हिन्दु समाज माथी आक्रमण भएको घटनाले हामीलाई मर्माहित बनाएको छ। हिन्दू समाजको पर्व भएको बेला बारम्बार हस्तक्षेप हुनु राम्रो संकेत होईन।

गत शनिबार हनुमान जन्मोत्सवको शोभा यात्रामा आक्रमण गर्ने समुह, त्यसका योजनाकारको पहचिान गरि कारबाही गर्न नेपाल जनता पार्टीले माग गरेको छ ।हिन्दू वा मुस्लिम समाजको आस्था केन्द्र मठ मन्दिर, मस्जिद मदरसा सबै बाटो छेउमा नै रहेको भन्दै उसले हिन्दू समाजको कार्यक्रममाथी कुविचार राख्नु निन्दनीय भएको जनाएको छ ।हरेक धर्मका व्यक्तिले आ–आफनो आस्था अनुसार कार्यक्रम गर्न पाउने स्वतन्त्रता रहेकोले गत शनिबारको घटनालाई गम्भीरतापूर्वक लिइए आगामी दिनमा फेरि त्यस्तो कुनै घटना नहोस् भनेर स्थानीय प्रशासनको ध्यानाकर्षणपनि पार्टीले गराएको छ ।

शोभा यात्रामा आक्रमण गर्ने, हिन्दू समाज लाई गाली गर्ने, वीरगन्ज नगर क्षेत्रमा हुने धार्मिक कार्यक्रमलाई बदनाम गर्ने, हिन्दूवादी अगुवाहरुको चरित्र हत्या गर्ने, वीरगन्ज क्षेत्रलाई बदनाम गराउने अपराधिक प्रवृत्ति र मानसिकता बोकेकाहरुलाई कड़ा कारबाही गरी कानूनी राज्यको प्रत्याभूति गराउनपनि नेपाल जनता पार्टीले माग गरेको छ ।

ज्ञापनपत्र बुझाउन गएको टोलीमा नेपाल जनता पार्टीका केन्द्रीय बरिष्ठ नेता संतोषानन्द महाराज, केन्द्रीय सदस्यहरु विनोद कुर्मी, पारस दुवेदी,पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मी, उपाक्ष्यक्ष धीरज साह हलुवाई, महामन्त्री नवीन मिश्रा,मन्त्री प्रमोद शर्मा, कोषाध्यक्ष राजेश साह कलवार, सहकोषाध्यक्ष संतोष कुशवाहा लगायतकाको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८२ बैशाख ३,बुधबार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८२ बैशाख ३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद