Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

देशैभरमा सडक बालबालिकाको तथ्याङ्क सङ्कलन गरिँदै

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ चैत्र २४,आईतवार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ,। देशैभरका ७५३ स्थानीय तहलाई सडक बालबालिकाको अवस्थाबारे बुझ्न पत्रचार गरिने भएको छ । आगामी असार मसान्तभित्र सडक बालबालिकामुक्त राष्ट्र घोषणा गर्ने भएपछि कार्यविधि तयार हुँदै छ । कार्यविधिपछि बालबालिकाको अवस्थाबारे बुझ्न पालिकालाई पत्राचार गरिने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २०८२ असार मसान्तसम्म सडक बालबालिकामुक्त गर्ने घोषणा गर्नुभएको थियो । उक्त लक्ष्य पूरा गर्न कार्यविधिको सूचक तयार गरी स्थानीय तहलाई पत्रचार गरिने भएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सहसचिव चक्रबहादुर बुढाले सरकारले सडक बालबालिकामुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य निर्धारण गरेकाले बालबालिकाको अवस्था बुझ्न सबै पालिकालाई पत्र पठाइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले सडक बालबालिकामुक्त भए जस्तै छ । सडकमा बालबालिका छैनन् । यदि सडकमा भेटिए तुरुन्तै उद्धार हुँदै आएको छ । उद्धार भएका बालबालिका अभिभावकसँग पुनर्मिलन गराउने र त्यसो हुन नसकेमा बालगृहमा राखिँदै आएको छ ।”

सडक बालबालिका फेला परेमा उद्धार गरेर परिवारमा पुनर्मिलन गराउने, त्यो नभए संरक्षण केन्द्रमा राखिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहले सडक बालबालिकामुक्त पालिका बनाएपछि प्रदेशले आआफ्नो अनुकूलतामा आगामी जेठ १५ गतेभित्र सडक बालबालिकामुक्त घोषणा गर्ने छन् । त्यसपछि राष्ट्रिय रूपमा असार मसान्तभित्र सडक बालबालिकामुक्त भएको घोषणा गरिने छ ।”

सहसचिव बुढाले तत्काल सडक बालबालिका घोषणा गर्न सजिलो भए पनि दीर्घकालीन रूपमा कार्यान्वयनमा जान जटिल हुन सक्ने तर्क गर्नुभयो । “राज्यले सडक बालबालिकामुक्त भएको घोषणापछि बालबालिका सडकमा भेटिन सक्छन् । किनकि देशमा गरिबी उस्तै छ । अभिभावकविहीन बालबालिका हुँदा दुव्र्यसनीका कारण सडकमा आउन सक्छन् । भारतसँग खुला सिमाना भएकाले आउँदा जटिलता आउन सक्छ,” उहाँले भन्नुभयो, “दीर्घकालीन रूपमा सडक बालबालिकामुक्त गराउन बाल अधिकार परिषद्ले वार्षिक १० करोड बजेट चाहिन्छ भन्दै छ । त्यो बजेट दिन सकिएको छैन । सिपमूलक तालिम दिएर आत्मनिर्भर बनाउन बजेट अभाव हुने देखिन्छ ।”

दीर्घकालीन रूपमा देशैभर सडक बालबालिकामुक्त राष्ट्र बनाउन बजेटकै कारण समस्या हुन सक्ने विज्ञहरूले दाबी गरेका छन् । उहाँले भन्नुभयो, “यो महिनाभित्र मन्त्रालयमा पेस गर्ने छौँ । त्यसपछि स्थानीय तहलाई सडक बालबालिकाको अवस्था कस्तो छ भन्नेबारेमा पत्र पठाइने छ ।”

सडक बालबालिका १८ वर्षमुनि सडकमा आश्रित भई अलपत्र अवस्थामा परेकालाई परिभाषित गरिएको छ । सडक बालबालिका प्रायः गरिबी, लागुऔषधको दुव्र्यसनी, बुवाआमा नभएर, परिवार विखण्डन, प्राकृतिक विपत्तिका कारण अलपत्र गर्दै आएका छन् । यसरी अलपत्र परेका बालबालिकालाई राज्यले नै संरक्षण दिएर उद्धार गरी पारिवारिक पुनर्मिलन र आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ । सभार गोरखापत्र अनलाइन

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८१ चैत्र २४,आईतवार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८१ चैत्र २४,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद