Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

रानी ब्राण्डको खाने तेल मानव स्वास्थ्यको लागि अति नै हानिकारक

त्रिवेणी ग्रुपको अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स प्रालिले अति नै संवेदनशील मानिएको मानव स्वास्थ्यमाथि गंभीर खेलवाड

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर १९,बुधबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज । त्रिवेणी ग्रुपको अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स प्रालिले अति नै संवेदनशील मानिएको मानव स्वास्थ्यमाथि गंभीर खेलवाड गरिरहेको पाइएको छ ।
सो उद्योगले ‘कच्ची घानी सरसों तेल ग्रेड–१’ लेखिएको रानी ब्राण्डको खाने तेल मानव स्वास्थ्यको लागि अति नै हानिकारक रहेको पाइएको हो ।
सो उद्योगले उत्पादन गरी बजारमा पठाएको रानी ब्राण्डको १ लिटरको तेलको प्याकेट जनावरको बोसो जस्तै जम्ने गरेको पाइएको छ ।
प्रतिष्ठित उद्योगी घराना संघाई ९त्रिवेणी ग्रुप ० मातहतको अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स प्रालिबाट जानी जानी मानव स्वास्थ्यमाथि प्रत्यक्ष असर पर्ने खाद्य सामग्री उत्पादन गरेर बजारमा बिक्री वितरणका लागि पठाउने कार्यले अनेक प्रश्न उब्जिएको छ ।
शुद्ध सरसो तेल भनेर रानी तेलको नाममा बोसोजस्तै जम्ने तेल उपभोक्ताहरूमाझ किन पठाउनु भएको भन्ने प्रश्नमा कम्पनीका संचालक प्रभु दयाल कन्दोईले गल्तीले त्यस्तो हुन गएको स्वीकार गरे । प्रभु दयालले लापरवाहीपूर्ण जवाफ दिंदै काम गर्दै जाँदा हुने गल्तीलाई सामान्य रुपमा लिनुपर्छ, हामीबाट गल्ती भएको कुरा सम्बन्धित निकायलाई थाहा छ, त्यतै गएर बुझ्नुस् ।
आफ्नो कम्पनीले गुणस्तरहीन मन्दविषयुक्त तेल उत्पादन गरी बजारमा पठाएको स्वीकारेर नेपालको नियमक निकायलाई समेत जानकारी भएको हाकाहाकी भन्दै हिंड्ने कन्दोईको भनाइले पनि कतै राज्यसंयन्त्रकै संरक्षणमा यस्तो भैरहेको त छैन भन्ने प्रश्न उब्जिएको छ ।ट्रान्स फ्याटयुक्त रानी तेल लाखौं लिटर बजारमा पठाएको भएपनि प्रभु दयालले बजारबाट उक्त ब्याचको तेल फिर्ता लिइसकेको बताएका छन् । तर बजारमा अहिले पनि उपभोक्ताको भान्छासम्म सो तेल पुगिरहेकै समयमा यस अनलाइनले पनि प्राप्त गरेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागका एक प्राविधिकका अनुसार तोरी वा सरसोको तेल यदि शुद्ध हो भने कुनै पनि अवस्थामा नजम्ने हुन्छ । यदी तेल जमेको छ भने त्यसलाई खान योग्य मानिंदैन ।ती खाने तेल सम्बन्धी अर्का एक प्राविधिकका अनुसार जनावरको बोसो का साथै कृत्रिम स्रोतबाट प्राप्त हुने अर्थात् खाद्य उद्योगमा उत्पादन गरिने औद्योगिक ट्रान्स फ्याट जसलाई पिएचओ भनिन्छ । स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुन्छ । यस्तो चिल्लो पदार्थ वनस्पति तेललाई तताएर, त्यसमा आंशिक मात्रामा हाइड्रोजनको अणु मिसाएर उत्पादन गरिन्छ । यस्तो प्रक्रियाबाट तरल अवस्थामा रहेको वनस्पति तेल कोठाको तापक्रममा बाक्लो वा ठोस पदार्थमा परिवतर्न हुन्छ । ट्रान्स फ्याट भएको तेल सामान्य ताक्रममा पनि जम्छ ।उद्योगमा सस्तो तेललाई तताएर, हाइड्रोजन मिसाएर उत्पादन गरिने ट्रान्स फ्याटबाट चिल्लो पदार्थको मात्रा बढ्नुका साथै यसमा पकाएको खाने कुराले मानव शरीलाई मन्दविष जस्तै असर भई यसले रगतमा खराब कोलेस्ट्रोलको मात्रालाई बढाउँछ र असल कोलेस्ट्रोलको मात्रालाई घटाउँछ । धमनीहरुको भित्रि भागमा नकारात्मक असर पारी धमनीहरु साँघुरिने क्रमलाई बढाउँछ । रगतको थेग्रा जम्ने संभावनालाई बढाउँछ, जसले गर्दा ह्दययघात र मस्तिष्कघात हुने संभावना धेरै हुन्छ ।रानी ब्राण्डको यस्ता जम्ने ट्रान्स फ्याटयुक्त तेलको सेवनले धमनीहरुका लागि अत्यन्तै हानिकारक हुन सक्छ । यसले युवा अवस्थामा मधुमेह, उच्च रक्तचाप, मोटोपन, महिलाहरुमा एक प्रकारको स्तनको क्यान्सरको जोखिम बढाउँछ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्षमा करिब ५ लाख ४० हजारको मृत्यु ट्रान्स फ्याटकै कारणले हो भनेर प्रमाणित भएको छ । सभार नेपाल फेस

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८१ मंसिर १९,बुधबार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८१ मंसिर १९,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद