Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

घर नजिक नै सरुवा मिलाउन प्रयास गर्ने गरेका कारण पहाडी जिल्लाहरूमा शिक्षक पाउन मुस्किल

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर ४,मंगलवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

भोजपुर । पहाडी जिल्लाहरूमा पटक पटक सूचना प्रकाशन गर्दा पनि गणित, विज्ञान लगायतका विषयको शिक्षक पाउन मुस्किल हुने गरेको छ ।

भोजपुर नगरपालिका वडा नम्बर ७ मा रहेको बिद्योदय माध्यमिक विद्यालयले मावि तहका लागि पटक पटक सूचना प्रकाशन गर्दा पनि गणित शिक्षक पाउन सकेको छैन ।

करिब २७ वर्ष काम गरेका बिएसी शिक्षक मोहितलाल चौधरीको उमेर हदका कारण गत भाद्र १२ गतेबाट अनिवार्य अवकाश भएपछि विद्यालयले स्थायी शिक्षक सरुवाका लागि आवेदन माग गरेको थियो । तर विद्यालयमा आउनका लागि कुनै पनि शिक्षकले सरुवाका लागि आवेदन नमागेपछि पुन विद्यालयले पटक पटक करार शिक्षकका लागि विज्ञापन गर्दे आई रहेको छ । पटक पटक सूचना प्रकाशन गर्दा समेत शिक्षक व्यवस्था हुन नसक्दा बिद्यार्थीहरुको पठनपाठनमा समेत समस्या हुँदै आई रहेको विद्यालय व्यवस्थापन समितिका सदस्य सुमन श्रेष्ठले बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “गणित र विज्ञानको शिक्षक अभाव हुँदा सदरमुकाममा रहेको विद्यालयमा त शिक्षक व्यवस्था गर्न सकिएको छैन, ग्रामीण क्षेत्रमा रिक्त हुँदा झन् के होला ।”

विद्यालयका निमित्त प्रधानाध्यापक रक्तम राईले करार शिक्षकका लागि पुन कार्तिक २९ गते अर्को सूचना प्रकाशन गर्नु भएको छ । यस भन्दा अगाडी पनि सूचना प्रकाशन भएको थियो । “विद्यालयले शिक्षक आवश्यकता खुलाउँछन्”, राईले भन्नुभयो, “अन्यत्र पढाइरहेका शिक्षकले पनि आवेदन दिएको देखिँदैन, नयाँ अनुहारले पनि शिक्षण सेवामा आउनका लागि चाहेको देखिँदैन ।”

माध्यमिक विद्यालय तेस्रो तहको दरबन्दी अनुसार मासिक रु ४३ हजार नौ सय ९४ तलब हुने यो पदमा कसैले दरखास्त नदिएपछि विद्यालयमा गणित शिक्षक अभाव देखिएको हो । गणित, विज्ञान लगायतका शिक्षकहरू जिल्ला तहमा पनि टिकाउन समस्या भएको छ । विद्यालयमा कार्यरत शिक्षकहरू जिल्ला बाहिरका हुने र उनीहरूले समेत आफ्नो घर नजिक नै सरुवा मिलाउन प्रयास गर्ने गरेका कारण पहाडी जिल्लाहरूमा झन् शिक्षकको अभाव देखिने गरेको शिक्षा विकास तथा समन्वय इकाई भोजपुरले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न
मुख्य समाचार

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न

प्रकाशित : २०८१ मंसिर ४,मंगलवार
नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न

प्रकाशित : २०८१ मंसिर ४,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद