Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

उद्योग मन्त्रालय दुग्धपदार्थ आयात खोल्ने पक्षमा , नखोल्ने अडानमा कृषि

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ कार्तिक २६,सोमबार
A A
file photo

file photo

2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — नेपालबाट निर्यात हुने सिमेन्ट, जुत्ता, जस्तापाता, प्लाइउड, सेनिटरी प्याडलगायत वस्तु निर्यातमा भारतले अनौपचारिक अवरोध गरेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले दूध तथा दुग्धपदार्थ आयात खुलाउन ‘लबिइङ’ थालेको छ ।

निर्यात व्यापार प्रभावित भएको भन्दै उद्योग मन्त्रालयले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई आयात खोल्न आग्रह गर्दै आएको छ । कृषि मन्त्रालय भने दुग्धपदार्थको आयात नखोल्ने अडानमा छ । दुग्धपदार्थको आयात खोल्दा किसान र डेरी उद्योग मर्कामा पर्ने जनाउँदै कृषि तत्कालन नखोल्ने पक्षमा देखिन्छ ।

दुग्धपदार्थ आयातमा सरकारले रोक लगाएपछि भारतले अनौपचारिक रूपमा असन्तुष्टि जनाउँदै आएको छ । सोहीअनुसार निर्यातलाई आवश्यक ब्युरो अफ इन्डियन स्ट्यान्डडर्स ९बीआईएस० वितरण गरेको छैन । भारतले करिब ४ महिनादेखि नयाँ र नवीकरणका लागि बीआईएस वितरण नगर्दा निर्यात प्रभावित भएको छ । त्यसलाई दृष्टिगत गर्दै उद्योग मन्त्रालयले दूध तथा दुग्धपदार्थको आयात खोल्न कृषिलाई आग्रह गरेको हो ।

‘द्विपक्षीय व्यापार सन्धि, विश्व व्यापार संगठन ९डब्लूटीओ० को सदस्य भएको नाताले सबैको हित र सन्तुलन हुने गरी नेपालमा उत्पादन नहुने दुग्धपदार्थ आयात खुला गर्न कृषिसँग छलफल भएको छ,’ उद्योग मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले भने, ‘आयात खुला नहुँदा चोरी–निकासी हुन्छ, यसले राजस्व मात्रै गुमेको छ । तसर्थ आयात खोल्ने विषयमा पुनर्विचार गर्न हामीले आग्रह गरेका छौं ।’

विशेषगरी नेपालमा उत्पादन नहुने दुग्धपदार्थ आयात खुला गर्न छलफल भएको अधिकारीले बताए । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको भारत भ्रमणका क्रममा भारतीय उद्योगमन्त्री पीयूष गोयलले समेत यस विषयमा चासो राखेका थिए ।

दुग्ध विकास संस्थान ९डीडीसी० र डेरी उद्योगमा अर्बौं रुपैयाँको धूलो दूध र बटर मौज्दात रहेपछि कृषि मन्त्रालयले ०८० फागुनमा आयात स्थगन गर्ने निर्णय गरेको थियो । फागुन ३ मा खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागलाई पत्र पठाएर अर्को निर्णय नभएसम्म आयात परमिट जारी नगर्न भनेको थियो । मन्त्रालयको निर्णयसँगै आयात परमिट बन्द भएको विभागले जनाएको छ । हाल चिल्लो हटाइएको दूध ९स्किम्ड मिल्क०, चिनी वा अन्य गुलियो पदार्थ नहालिएको, नौनी ९बटर० र घिउको पैठारीमा पूर्ण रोक लगाएको छ । छुर्पी, प्रशोधित, भुजुरी वा धूलो नपारेको चिज, भुजुरी पारेको वा धूलो पारेका सबै प्रकारका चिजलगायत पैठारीमा पूर्ण रोक लागेको छ ।

भारत मात्रै नभई चीन, स्पेन, डेनमार्क, फ्रान्स, जर्मन, इटालीलगायत मुलुकबाट पनि दुग्धपदार्थ आयात हुन्छ । सबैभन्दा ठूलो बजार भने भारत हो । तत्कालीन कृषिमन्त्री बेदुराम भुसालले दुग्धपदार्थ आयात रोक्ने निर्णय गरेका थिए । उक्त निर्णयले किसान र डेरी उद्योगीले केही राहत पाएका थिए । पछिल्लो समय भने फेरि आयात खोल्न भारतले दबाब दिएको हो ।

औपचारिक रूपमा केही नभने पनि बीआईएस रोकेर भारतले दबाब दिइरहेको छ । भारतको दबाब थेग्न नसकेपछि पछिल्लो समय उद्योग मन्त्रालयले कृषिलाई आग्रह गर्दै आएको हो । ‘केही साताअघि मन्त्रिपरिषद् बैठक बस्ने क्रममा उद्योगमन्त्री दामोदर भण्डारीले कृषिमन्त्री रामनाथ अधिकारीलाई आयात खोल्न आग्रह गरेका थिए । तर कृषिमन्त्री अधिकारीले आयात खोले कृषकको हितविपरीत हुने भन्दै नखोल्न अडान राखे,’ कृषि मन्त्रालय स्रोतले भन्यो, ‘त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीसम्मै यो कुरा पुग्यो । तर कृषिको अडानले आयात अहिलेसम्म रोकिएको छ ।’

आयात खोल्ने सन्दर्भमा उद्योगमन्त्री भण्डारीले प्रधानमन्त्रीलाई समेत आग्रह गरेका थिए । त्यसपछि कृषिमन्त्री अधिकारीले कांग्रेस नेता शेखर कोइराला, सभापति शेरबहादुर देउवालाई भेटेर आयात खुला गर्न नहुने माग गरेको ती अधिकारीले जनाए । ‘उद्योगबाट प्रस्ताव आएपछि दुग्धपदार्थको आयात खोल्ने पक्षमा कृषि मन्त्रालय छैन ।

तत्काल खोल्नु पनि हुँदैन,’ कृषिका ती अधिकारीले भने । कृषिमन्त्रीसँगै किसान, डेरी उद्योगी र केन्द्रीय दुग्ध सहकारी संघ अधिकारीहरूले पनि कांग्रेसका महामन्त्री गगन थापा र सभापति देउवालाई भेटेर तत्काल दुग्धपदार्थ आयात खोल्न नहुने माग गरेका थिए ।

देउवाले तत्काल प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेर आयात खोल्न नहुने बताएको एक डेरी उद्योगी बताउँछन् । ‘देउवाले किसान र स्वदेशी डेरीको हितका लागि दुग्धपदार्थ आयात खोल्न नहुने बताएका थिए,’ उनले भने, ‘अहिले डेरीहरूसँग बटर र धूलो दूध मौज्दात रहेको अवस्थामा आयात खुला भए किसान र डेरी उद्योगका लागि नराम्रो हुन्छ । उद्योग धराशायी बन्छ ।’

कृषि मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले पनि आन्तरिक उत्पादन र मौज्दात रहेको अवस्थामा तत्काल आयात खुला गर्न नहुने जनाए । ‘अहिले कृषिको पहिलो प्राथमिकता मौज्दात रहेको दुग्धपदार्थ खपत गराउनेमै छ । आयात खोल्ने विषयमा उद्योग र अर्थ मन्त्रालयमा एकरदुई पटक छलफल भएको छ । तर प्रक्रिया अगाडि बढेको छैन,’ उनले भने, ‘कृषि मन्त्रालय आन्तरिक खपत बढाउने र मौज्दात घटाउनेमा केन्द्रित छ ।’

पछिल्लो समय भारतले आयातित सेनेटरी प्याड र बेबी डाइपर निर्यातमा भने केही खुकुलो गरेको छ । बीआईएस अनिवार्य गर्ने व्यवस्थालाई थप दुई महिना पछाडि सारेको छ । भारतले दुई महिनापछाडि सारेसँगै नेपाली उद्योगीहरूले आगामी दुई महिनासम्म बीआईएस नलिई भारतमा सेनेटरी प्याड र बेबी डाइपर निर्यात गर्न सक्नेछन् । ‘केही वस्तुमा खुकुलो गरेको सुनेका छौं, तर आधिकारिक रूपमा केही आएको छैन,’ उद्योगका प्रवक्ता अधिकारीले भने, ‘यस विषयमा थप बुझ्ने प्रयास जारी छ । भारतस्थित नेपाली दूतावासलाई पनि जानकारी लिन अनुरोध गरेका छौं ।’सभार कान्तिपुरबाट राजु चौधरीले लेखनुभएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८१ कार्तिक २६,सोमबार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८१ कार्तिक २६,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद